मंसिर ४, २०८०
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
साथीको आमा बिरामी भएर चितवनको एक अस्पतालमा भर्ना गरिएको थियो । साउन २० गते म उहाँलाई भेट्न सिमराबाट त्यहाँ पुगें । फर्केको दुई दिनमा शरीर कटकट खाएजस्तो भयो । १०१ डिग्री ज्वरो आयो । एसी भएको गाडीमा यात्रा गरेकाले यस्तो भयो होला भनेर वास्ता गरिनँ । सिटामोल खाएर ज्वरो कम गरें, हिँडडुल गर्न छाडिनँ ।
पाँच दिनपछि थकाइ लाग्ने, शरीर गल्ने हुँदै गयो । नजिकैको सिमरा प्राथमिक स्वास्थ्य केन्द्र गएर डाक्टरलाई देखाएँ । ‘मौसमी ज्वरो हो आराम गरे पुग्छ’ भनेर पठाउनुभयो । टाइफाइड पो भयो कि भनेर रगत जाँच गराएँ, होइन रहेछ । घर आएर आराम गर्ने कोसिस गरें तर जे खाए पनि बान्ता हुन थाल्यो । कोरोनाको शंका लागेर पीसीआर परीक्षण गरिदिन अनुरोध गरें तर डाक्टरले भाइरल इन्फेक्सन भनिरहे । मलाई भने एन्टिबायोटिकले पनि छुँदै छोएन ।
दम बढेजस्तो भएर आयो । आफ्नै गाडी लिएर नारायणघाटस्थित ओम अस्पताल गई छातीको एक्सरे गरें । कोरोना परीक्षण भने त्यहाँ पनि हुन सकेन । डाक्टरले तपाईंलाई कोरोना हुन सक्छ भने, म हच्किएँ । राति घरै फर्किएँ ।
सिमरामै कोरोना परीक्षण गरौं भनेको, रिपोर्ट आउन १० दिन लाग्छ भनियो । रिपोर्ट कुरुन्जेल के होला भनेर आत्तिएँ । भोलिपल्ट गाडी लिएर करैया गाउँपालिकाको स्वास्थ्य केन्द्र पुगेर स्वाब दिएँ । घरमा काठमाडौं नै गएर परीक्षण र उपचार गर्ने सल्लाह भयो ।
कोरोना रहेछ भने आईसीयू, भेन्टिलेटर पाउने अवस्था पनि थिएन । डर लाग्यो । साउन २९ गते एम्बुलेन्स बोलाएर काठमाडौं हिँडें । १३ हजार भाडा लियो । सिधै मेडिसिटी अस्पताल गएँ । कोरोनाले मान्छे मरेको छ भनेर त्यहाँ भर्ना लिएनन् । बसुन्धाराको ग्रिन सिटी अस्पताल गएँ । साथमा श्रीमती थिइन् । त्यहाँ दुई दिन भर्ना भएँ, पीसीआर गर्दा रिपोर्ट पोजिटिभ आयो ।
मेरो अवस्था खस्किँदै गइरहेको थियो । डाक्टर आईसीयू, भेन्टिलेटर सबै चाहिन सक्छ भन्दै थिए । त्यहाँ आईसीयू र भेन्टिलेटर खाली थिएन । ज्यानै बच्दैन जस्तो लाग्यो । चिनेका नेता, सांसदलाई अनुरोध गरेर बलम्बुस्थित एपीएफ अस्पतालमा बेड मिलाइयो । एम्बुलेन्स आउने कुरा हुँदै थियो, मलाई होस गुम्लाजस्तो भयो । सास फेर्न निकै गाह्रो भयो । वरिपरि अँध्यारो देखें । त्यसपछि मलाई केही याद छैन ।
म कुन बेला अस्पताल पुगें, के उपचार भयो– केही सम्झना छैन । ब्युँझिँदा बेडमा सुतिरहेको पाएँ, वरिपरि नर्सहरू बसेको देखें । मुखमा पाइप कोचिएको थियो, मुखभरि घाउ पनि थियो । म कहाँ छु, मलाई के भएको हो भनेर सोधें । उनीहरूले तपाईंले नयाँ जीवन पाउनुभयो भन्दै बधाई दिए । म के भनूँ, कसो गरूँ भएँ । मलाई एक साता होस आएनछ । चार दिन भेन्टिलेटरमा राखिएछ । ११ डोज रेमडेसिभिर इन्जेक्सन र अक्सिजन पनि उत्तिकै दिइएछ । कालोबजारमा रेमडेसिभिर किन्दा एक डोजकै ४० हजार परेको रहेछ । अहिले त्यही औषधि एक डोजको ७ हजारमा पाउँछ भन्छन्, मलाई धेरै महँगो पर्यो । परिवारले ऋण लिएर औषधि जुटाएका रहेछन् । त्यति गर्दा पनि परिवारलाई डाक्टरले म बाँच्दिनँ, कुनै आशा छैन भनिसकेका रहेछन् ।
विस्तारै होस पूरै आयो । कोरोनाले मान्छेलाई यतिसम्म बनाउँछ भनेर मलाई थाहा पनि थिएन । भेन्टिलेटरबाट त उठेर आएँ, अब जसरी पनि बाँच्नुपर्छ भन्ने लाग्यो तर डाक्टरले अझै पनि ३० प्रतिशत मात्रै बाँच्ने चान्स छ भनेका थिए । तर मलाई आशा थियो, आत्मबल थियो ।
म १५ दिन अस्पतालमै बसेर उपचार गराएँ । ६ पटक स्वाब परीक्षण गरेपछि रिपोर्ट नेगेटिभ आयो । निको पनि हुँदै गएँ । अस्पतालका डाक्टर र नर्सले धेरै राम्रो हेरचाह गर्नुभयो । आत्मबल बढाउनुभयो । दैनिक परामर्श गर्नुभयो । भदौ १४ गते डिस्चार्ज भएँ । अहिले पनि औषधि खाइरहेको छु । कोरोनापछि मलाई मधुमेह देखियो । शरीरमा पहिलेजस्तो बल छैन । कडाखाले औषधि खाएर बसेको छु । तौल १५ किलो घट्यो । परिवारलाई मबाट संक्रमण सरेको छैन । कोरोनाका कारण भेन्टिलेटरमा पुगेका बिरामी फर्किंदैनन् भन्ने सुनेको थिएँ, होइन रहेछ । राम्रो उपचार पाए निको हुन सम्भव रहेछ । म बाँचें ।
(कोरोना संक्रमित भई भेन्टिलेटरमा पुगेर निको भएका व्यक्तिसँग कान्तिपुर दैनिकमा फातिमा बानुले गरेको कुराकानी)
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...