×

NMB BANK
NIC ASIA

अचानक बिग्रिन सक्छ मिर्गौला, थाहा पाउने कसरी

कात्तिक २०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मिर्गौला बिग्रिएर जीवनमा तनाव भोगेका व्यक्ति धेरै भेटिन्छन् । विभिन्न कारणले मिर्गौला बिग्रिन्छ । तर, समस्या के भने कुनै लक्षण नै नदेखाई मिर्गौला बिग्रिन सक्छ ।

Muktinath Bank

झुक्किएर मिर्गौला गुमाउनुपरेको पनि धेरै भेटिन्छन् । खासगरी दीर्घरोगीको मिर्गौला कुनै लक्षण नै नदेखिई बिग्रिन सक्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य अवस्था सामान्य भएका तथा कुनै दीर्घरोग नभएकाको मिर्गौला बिग्रिँदै जाँदा लक्षण देखिन्छन् । तर, यी लक्षण पत्याउनै नसकिने हुन सक्छन् ।


Advertisment
Nabil box
Kumari

मतलब मिर्गौलामा नभएर अन्य समस्या भएको जस्तो लाग्छ,  जस्तै : उकालो–ओरालो गर्दा थकाइ महसुस हुने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, अत्यधिक पानी पिउँदा पनि मुख सुकिरहने जस्ता लक्षण देखिन्छन् ।

Vianet communication
Laxmi Bank

सामान्य व्यक्तिमा मिर्गौला बिग्रिएको लक्षण बिरामीअनुसार फरक–फरक देखिन सक्छ । मिर्गौला बढी नै बिग्रिँदै गएको छ भने बिरामीको छाला फुस्रो हुँदै जाने र बिस्तारै छालाको कत्ला नै निस्किन थाल्छ ।

मिर्गौलाले कामै गर्न नसक्ने अवस्था भइसकेको छ भने शरीरमा पानी जम्मा भएर फुल्न थाल्छ । फोक्सोमा पानी जम्मा हुन सक्छ ।

दीर्घ रोगले ग्रस्त व्यक्तिको भने मिर्गौलामा समस्या भएको थाहै नहुन सक्छ । दीर्घ रोगीलाई बाहिर लक्षण नदेखिने र भित्रभित्रै कमजोर बनाएर मिर्गौला ड्यामेजको अवस्थामा पुग्ने खतरा रहन्छ ।

दीर्घ रोगीले वेला–वेलामा मिर्गौला जाँच गराउनु नै खतराबाट बच्ने उत्तम उपाय हो । पिसाब परीक्षण गरेर पनि मिर्गौला स्वस्थ रहे/नरहेको पत्ता लगाउन सकिन्छ ।

बिग्रिन थालेको सुरुवाती अवस्थामै पहिचान भएर उपचार गरिए मिर्गौला जोगाउन सकिन्छ ।

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x