×

NMB BANK
NIC ASIA

भक्तपुरको थिमि नगरपालिका– ६ निकोसेरामा भएको घटनाका मृतक सुदीप अधिकारी आर्थिकरूपमा कमजोर भएपछि मानसिक रूपमा विचलित भएको प्रहरी अनुसन्धानमा देखिएको छ । 

Muktinath Bank

घरपरिवारसँग राम्रो सम्बन्ध नभएका अधिकारी परिवारका सदस्यसँग सम्पर्क नगर्ने एक्लै बस्न रुचाउने, श्रीमतीसँग पनि बारम्बार झगडा गर्ने गरेको छिमेकीले प्रहरीलाई बताएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अनुसन्धान गर्दै जाँदा आर्थिक रूपले कमजोर भएपछि मानिसक रूपमा कमजोर भएको देखिन्छ,’ ती प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘शायद त्यसैले हुनसक्छ, हत्यापछि आत्महत्याको बाटो रोजेको ।’


Advertisment
Nabil box
Kumari

आर्थिक रूपमा जर्जर

Vianet communication
Laxmi Bank

घर परिवारबाट छुट्टिएर बसेका सुदीप अधिकारीको आर्थिक अवस्था कमजोर भएको देखिएको छ । 

उनले कृषि विकास बैंकबाट २३ लाख ८५ हजार रुपैयाँ ऋण लिएका थिए भने ससुरालीबाट २ महिना अगाडि २ लाख रुपैयाँ ऋण दिएको देखिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए । 

‘उनले २ महिना अगाडि ससुरालीबाट २ लाख र एक वर्षअगाडि कृषि विकास बैंकबाट २३ लाख ८५ हजार ऋण लिएको देखिएको छ,’ प्रवक्ता कार्कीले बताए । 

प्रहरी अनुसन्धानलाई आधार मान्ने हो भने उनले आफ्नै घरको सटरमा व्यापार गर्दै आएका थिए । पसलमा सामानहरू खासै थिएनन् । लकडाउनले गर्दा अन्य कुनै काम पनि गर्न नपाएको र पसलको व्यापार पनि नभएकाले बैंकको ऋण तिर्नका लागि समस्या भएकाले उनीमा मानसिक समस्या भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । यद्यपि सुदीपको मृत्यु भएपछि यसको पुष्टि भने हुँदैन । 

‘मानसिक रूपमा समस्या नभएको व्यक्तिले आफ्नै परिवारको हत्या गर्न सक्दैन, उनमा केही न केही समस्या हुनुपर्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने ।

अर्कातर्फ अधिकारी परिवारको बैंक खातामा पैसा भएको देखिँदैन । अर्थात् सुदीपसँग पैसा नभएपछि अपराधको बाटो रोजेको देखिन्छ । 

पैसा नहुनु, एसईई दिएको छोरालाई आगामी दिनमा उच्च शिक्षाका लागि आर्थिक जोहो गर्ने बाटो नदेखेर नै यस्तो बाटो रोजेको प्रहरी भनाइ छ ।

सुदीप अधिकारी जगातीस्थित ओम्नीका ल्याबोरेटरिजमा काम गर्थे । तर, अत्यधिक मदिरा सेवन गर्ने उनको बानीका कारण सो औषधि कम्पनीले उनलाई जागिरबाट निकालिदिएको थियो । 

हत्यापछि आत्महत्या

सुदीपले श्रीमती सम्झाना अधिकारी र छोरा सुशान्त अधिकारीको हत्या गरेपछि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

शुक्रबार साँझ प्रहरी घटनास्थलमा जाँदा श्रीमती सम्झना र छोरा सुशान्तको शव सडेर किरा परेको अवस्थामा थियो । 

सम्झना र छोरा सुशान्तको शव तल्लो तलाको आ–आफ्नो कोठाको सुत्ने खाटामा कुहिएको अवस्थामा थियो । सुदीप भने माथिल्लो तलमा कम्बोटमा वान्ता गरेको अवस्थामा फेला परेका थिए ।

रगत र अन्य केही तरल पदार्थ सुकेको अवस्थामा भेटिएको थियो । सानो बेलायती कुकुर पनि मरेको अवस्था देखिएकाले सुदीपले हत्या गरेर आत्महत्या गरेको हुनसक्ने निष्कर्ष प्रहरीले निकालेको छ ।

गत शुक्रबार बेलुका प्रहरीले भक्तपुरको थिमि नगरलिका– ६ निकोसेरामा आफ्नै घरमा मृत अवस्थामा ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षका छोरा सुशान्त अधिकारीको शव फेला पारेको थियो ।

छोरा सुशान्तको शवको माथि ‘रामराम’ लेखेको पहेँलो पिताम्बर कपडा   राखिएको थियो भने श्रीमती सम्झनाको शवमा सेतो बुट्टा भएको कपडा   ओढाइदिएको अवस्था थियो ।

दुवै जनाको टाउकोको खप्परमा गहिरो चोट देखिएपछि प्रहरी अनुसन्धानको लागि टिचिङ अस्पतालको फरेन्सिक टोलीसहित फरेन्सिक ल्याबमा पठाएको थियो ।

अहिलेसम्म फरेन्सिक ल्याबको रिपोर्ट भने आइसकेको छैन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x