×

NMB BANK
NIC ASIA

जिल्ला प्रशासन कार्यालयमै कर्मचारी अभाव

असोज २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयको नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालय हुम्लामा दरबन्दीअनुसारका कर्मचारी नभएपछि सेवा प्रभावित हुने गरेको छ ।

दरबन्दी अनुसारका कर्मचारी अभावले प्रमुख जिल्ला अधिकारी कार्यालयका सामान्य काममै अल्मलिएपछि शान्ति सुरक्षालगायतका महत्त्वपूर्ण काम प्रभावित भएका हुन् ।

कार्यालयमा प्रजिअ, सहायक प्रजिअ, तीन नायब सुब्बा, चार खरिदारको दरबन्दीमध्ये पूरा कर्मचारी नभएपछि नियमित काम प्रभावित भएको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताए ।

“एकैजनाले दुई/तीन फाँट धान्नुपर्ने बाध्यता छ,” उनले भने, “दरबन्दीअनुसारका कर्मचारी नहुँदा कार्यालयका अधिकांश फाँट बन्द हुने अवस्थामा छन् ।” 

बोर्डमै सीमित इलाका प्रशासन कार्यालय

हुम्लाको सर्केगार्ड गाउँपालिकामा इलाका प्रशासन कार्यालयको बोर्ड टाँसिएको तीन वर्ष बितेको छ । इलाका प्रशासन कार्यालय सर्केगार्ड भनेर बोर्ड मात्रै टाँगिएको भए पनि काम सञ्चालनमा आउन सकेको छैन । 

इलाका प्रशासन कार्यालयबाट नेपाली नागरिकता र राहदानीको सिफारिस पाउनु पर्ने भएपनि सर्केगाड इलाका प्रशासन कार्यालयबाट नागरिकले ती कुनै सेवा लिन पाएका छैनन् ।

नागरिकता र राहदानीको सिफारिस लिन सदरमुकाम सिमकोट पुग्नु पर्ने बाध्यता भएको स्थानीयवासीले दुःखेसो गरेका छन् ।

एक निर्वाचन क्षेत्रमा कम्तीमा एक इलाका प्रशासन कार्यालय राख्ने कानूनी व्यवस्थाअनुसार सर्केगाडमा इलाका प्रशासन कार्यालय स्थापना भएको तीन वर्ष पुग्यो ।

कर्मचारी अभावले सेवा सञ्चालन नभएपछि त्यस क्षेत्रका सर्केगाड, चङ्खेली, अदानचुली र ताँजकोट गाउँपालिकाका नागरिकलाई सामान्य कामका लागि पनि दुईदेखि चार दिनको पैदल हिँडेर सदरमुकाम सिमकोट पुग्नु पर्ने बाध्यता छ । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x