नेपालको रेल विवाह पञ्चमीको दिनबाट पूर्ण रूपमा सञ्चालनमा आउने

बन्द भएको ६ वर्षपछि आगामी मंसिरबाट जनकपुर–जयनगर रेल नियमित रूपमा सञ्चालन हुने भएको छ ।

नेपालको नयाँ रेल जयनगरबाट शुक्रवार जनकपुरमा आइपुगेको छ । 


Advertisement

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मंसिरमा विवाह पञ्चमीको दिनदेखि रेल नियमित सञ्चालनमा आउने जानकारी गराएका हुन् । 

शुक्रवार जनकपुरको रेल्वे स्टेसनमा आयोजित कार्यक्रममा सीडीओ भट्टराईले विवाह पञ्चमीको दिनदेखि पूर्ण सञ्चालनमा आउने बताएका हुन् । 


Advertisement

नेपालको रेलको स्वागतका लागि सरकारी अधिकारीहरू रेल्वे स्टेसनमा भेला भएका थिए ।

नयाँ रेल हेर्न जनकपुरमा सर्वसाधारणको भीड लागेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्