कंगनाले जसलाई जे पायो त्यही भन्दै हिँड्नु हुँदैन : सोना महापात्रा

भारतीय गायिका सोना महापात्राले अभिनेत्री कंगना रनावतविरुद्ध कडा दृष्टिकोण अपनाएकी छन् । 
 

कंगनाले उपयोग गर्ने भाषाको उनले विरोध गरेकी हुन् । कंगनाले बोल्ने र लेख्ने तरिका जायज नभएको सोनाको भनाइ छ । 
 


Advertisement

कंगनाले उर्मिला मातोडकरलाई सफ्ट पोर्न स्टार भनेपछि सोनाको ट्वीट आएको छ । त्यसमा उनले लेखेकी छन्– कसैलाई माफिया भन्नु, सस्तो प्रतिलिपि भन्नु, सफ्ट पोर्न स्टार भन्नु । कसैको मृत्युलाई उपयोग गरेर

मानिसहरूको नजरमा मसिहा बन्न खोज्ने असफल प्रयास हो यो । यसो गरेर तिमी हिन्दू धर्मलाई प्रोत्साहन गर्न सक्दिनौ । उल्टो खराब उदाहरण प्रस्तुत गर्छ्यौ ।’
 

सोनाले कंगनालाई यसअघि पनि आपत्तिजनक बयानका लागि आलोचना गरेकी छन् । कंगनाले रियालाई ड्रगी भन्दा सोनाले आलोचना गरेकी थिइन् । 
 


Advertisement

सोनाले प्रत्येक विवादमा रियाक्ट गर्ने गरेकी छन् । कंगना जस्तै उनी पनि नडराइकन आफ्ना विचार राख्छिन् । 

उता कंगनाले चाहिँ कुनै पनि लडाइँको आरम्भ नगरेको र आफ्नो लडाकू स्वभाव नरहेको बताएकी छन् । आफूलाई कसैले गलत साबित गरे ट्विटर छोड्ने उनले बताएकी छन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्