६ वर्षपछि जनकपुरमा रेल आइपुग्दा जे देखियो... [भिडियोसहित]

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

जनकपुर–जयनगर–सीतापुर–बर्दिवास चल्ने रेल शुक्रवार जनकपुरधाम स्टेसनमा आइपुगेको छ ।

नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर आइपुगेको हो ।


Advertisement

रेललाई स्वागत गर्न रेल्वे कम्पनी लिमिटेड, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा रेल विभागको टोली जनकपुर आइपुगेको थियो ।

परीक्षणका क्रममा जनकपुर आइपुगेको रेल हेर्न सर्वसाधारणको भीड लाग्यो ।


Advertisement

जनकपुर-जयनगर रेलसेवा बन्द भएको ६ वर्षपछि लीग मर्मत र नयाँ रेल निर्माण गरी रेलसेवा सञ्चालनमा आउन लागेको हो ।

नेपाली रेल १ सय १० किलोमिटर प्रतिघण्टाको स्पीडमा कुद्ने छ ।

एकपटकमा करीब १३ सय यात्रु बोक्ने क्षमता रहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले विज्ञप्तिमार्फत जनाएको छ ।

कम्पनीका महाप्रबन्धक गुरु भट्टराईका अनुसार रेलसेवा विवाह पञ्चमीको दिनदेखि नियमित सञ्चालनमा आउने छ ।

हेर्नुहोस्, रेल जनकपुर आइपुग्दा जे देखियो :

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्