शव वाहन खरिदका लागि ६ स्थानीय तहलाई १५/१५ लाख

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य लुम्बिनी प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

प्रदेश सरकारले शव वाहन खरिदका लागि ६ वटा पालिकालाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट १५ लाख रुपैयाँका दरले ९० लाख रुपैंया उपलब्ध गराउने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्यूठान नगरपालिका, गुलरिया नगरपालिका, सिस्ने गाउँपालिका, रोल्पा नगरपालिका, सन्धिखर्क नगरपालिका, रामग्राम नगरपालिकालाई उक्त रकम दिर्ने निर्णय गरेको हो । 

त्यस्तै जिल्लास्तरीय ६ वटा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय पनि गरिएको छ । रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवा रहेका छन्, तीमध्ये भीम भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र अर्घाखाँची, रुकुमपूर्व, रोल्पा, अर्घाखाँची र पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।


Advertisement

नेपाल स्वास्थ्य सेवाअन्तर्गत एघारौं तहका डेन्टल सर्जन डा. वर्षा थापालाई लुम्बिनी प्रादेशिक अस्पतालमा कामकाजमा खटाउने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । 

त्यस्तै रेसुङगा नगरपालिका, गुल्मी र हाकिञ्ज परिषद्, बेलायतबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारमा सिफारिश पठाउने, त्रिवेणी गाउँपालिकाको वडा संख्या र सिमाना हेरफेर गरी क्रम मिलान गर्ने सम्बन्धमा सम्बन्धित गाउँपालिकाबाट प्राप्त प्रस्ताव नेपाल सरकार समक्ष पठाउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।


Advertisement

असोज ३ गते संविधान दिवसका दिन घोषणा गरिने पदक सिफारिश स्वीकृत गर्ने,  पदक प्राप्त गर्नेहरूको नाम असोज ३ गते आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गर्नेछ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने, प्रदेश मामिला सूचना केन्द्रका लागि मन्त्रालय र जिल्लास्थित कार्यालयका लागि १९ जनाको दरबन्दी स्वीकृत गरिएको हो ।
 

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्