आलु तथा प्याजमा कालोबजारी गर्ने व्यवसायीलाई ५० हजार जरिवाना

आलु तथा प्याजमा कालोबजारी गर्ने कालिमाटीका तरकारी व्यवसायी कारबाहीमा परेका छन् । 

शुक्रवार वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आलु तथा प्याजमा कालोबजारी गर्ने एक व्यवसायीलाई ५० हजार जरिवाना गरेको हो । 


Advertisement

भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको कालोबजारी गर्ने क्रम बढेको छ । 

प्याजको कालोबजारी  नियन्त्रण गर्न विभागले दैनिकजसो अनुगमन गर्न थालेको छ । 


Advertisement

शुक्रवार पनि अनुगमनकै क्रममा कालोबजारी गर्ने व्यवसायी कारबाहीमा परेका हुन् । 

यस्तै काठमाडौंकै चन्द्रागिरी ८ को एक ग्यास स्टोरलाई कागजात सहित उपस्थित हुन विभागले निर्देशन दिएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्