प्रख्यात उपन्यास फरेस्ट गम्पका लेखक ग्रूमको मृत्यु

प्रख्यात उपन्यास फरेस्ट गम्पका लेखक विन्स्टन ग्रूमको ७७ वर्षको उमेरमा मृत्यु भएको छ । 

उनको उक्त उपन्यासमाथि सन् १९९४ मा चलचित्र बनेको थियो र त्यसलाई अमेरिकाको सर्वकालीन महान चलचित्रको सूचीमा राख्ने गरिएको छ । 
 


Advertisement

आलाबामा राज्यको फेयरहोप शहरकी मेयर कारिन विल्सनले ग्रूमको मृत्युको जानकारी दिइन् । 

फरेस्ट गम्प जन्माउने लेखकका रूपमा विन्स्टन ग्रूमलाई हामी सबै सम्झन्छौं । उनी प्रतिभाशाली पत्रकार र अमेरिकी इतिहासका लेखक थिए । हाम्रो प्रार्थना उनको परिवारप्रति छ,’ आलाबामाका गभर्नर के इभेले एक बयान जारी गरेर बताए । 
 


Advertisement

फरेस्ट गम्पमा मन्दबुद्धि भएको तर गणितमा प्रतिभाशाली व्यक्तिलाई बीसौं शताब्दीका प्रमुख घटनाको प्रत्यक्षदर्शीका रूपमा देखाइएको छ । 

सन् १९८६ मा निस्केको उनको यही उपन्यास सबभनदा लोकप्रिय रह्यो । 

उनले अमेरिकी सेनाको फोर्थ इन्फान्ट्री डिभिजनमा सन् १९६५ देखि १९६९ सम्म सेवा गरेका थिए । उनी भियतनाम युद्धमा समेत सहभागी थिए । 

उनले आख्यान र गैरआख्यान गरी कुल १६ पुस्तक लेखेका थिए । 

सन् १९९४ मा टम ह्यांक्स नायक भएको फरेस्ट गम्प सुपरहिट भएपछि ग्रूमको उपन्यासको चर्चा संसारभरि चुलिएको थियो । 

उक्त पुस्तक अहिलेसम्म १७ लाख प्रति बिकेको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्