×

NMB BANK
NIC ASIA

एक सय घरधुरी अन्धकारमा बस्न बाध्य

असोज २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका करिब सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् ।  

Muktinath Bank

विद्युत् सेवा सञ्चालन नहुँदा व्यास नगरपालिका–१४ का ५० र बन्दीपुर गाउँपालिका–६ का ६३ घरधुरी बिगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका हुन् । विद्युत् नहुँदा मोबाइल चार्ज गर्न समस्या हुनुका साथै विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सदरमुकाम दमौलीदेखि करिब १५ किलोमिटर दूरीमा रहेका व्यास नगरपालिका–१४ मास्दीघाट क्षेत्रका ५० घरधुरीमा विद्युत् पुर्‍याउन पोल गाडिएको भएपनि कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण तार झुण्डयाउने कार्य अघि बढाउन नसकिएको वडाध्यक्ष काजीमान श्रेष्ठले बताए ।


Advertisment
Nabil box
Kumari

उनले भने, “गत मङ्सिर महिनामा पोल गाडेर असार मसान्तसम्म विद्युत् जडान सम्पन्न गर्ने लक्ष्य लिएको भएपनि मुलुकमा जारी बन्दाबन्दीका कारण काम रोकिएकाले विद्युत् पुर्‍याउन सकिएको छैन् ।”

Vianet communication
Laxmi Bank

मास्दीघाट आसपासका बजार क्षेत्रमा नौ वटा सोलार बत्ती जडान गरेर उज्यालो बनाइए पनि अन्य क्षेत्रका बासिन्दा अन्धकारमय जीवन बिताउँदै आएको उनको भनाइ छ । 

त्यसैगरी, बन्दीपुर गाउँपालिका–६ का खहरे, थुमथुमे र ढाब लगायतका  बासिन्दा पनि वर्षैदेखि अन्धकारमा बस्न बाध्य छन् ।

दमौली हुँदै चितवन जोडिने बुद्धसिंमार्ग नजिक बसोबास गर्दै आएका बासिन्दाको घरमा बत्ती जडान कार्य नभपछि उनीहरु अन्धकारमा बस्न बाध्य भएका हुन् । उक्त क्षेत्रमा पनि विद्युत् पोल गाडिएको तर तार झुण्डयाउने कार्य बाँकी रहेकाले विद्युत् पुर्‍याउन नसकिएको वडाध्यक्ष सन्तबहादुर गुरुङले बताए ।

उनले अब छिट्टै तार झुण्डयाउने कार्य अगाडि बढाउने बताए ।

तनहुँ जलविद्युत् आयोजनाले उक्त क्षेत्रमा विद्युत् जडानको जिम्मा पाएको र ठेक्का प्रक्रिया समेत पूरा भइसकेकाले छिट्टै काम शुरु हुने विश्वास गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाको छ ।

“बन्दाबन्दीका कारणले पनि काममा ढिलाइ भएको हुन सक्छ”, उनले भने, “चालु आर्थिक वर्ष भित्रै बत्ती बाल्ने गरी काम गर्न आयोजनासँग पटक पटक आग्रह गर्दै आएका छौं ।”

उक्त क्षेत्रमा विद्युत् सेवा पुर्‍याउन सकिए गाउँपालिकालाई अन्धकारमुक्त पालिका घोषणा गर्न सकिने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x