एकदिनमा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमण, ११ हजार पीसीआर टेस्टमा २ हजार २० संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २ हजार २० जनामा कोरोनाको संक्रमण भएको जनाएको छ ।

शुक्रवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ११ हजार ४ सय ५८ को पीसीआर परीक्षण भएको र तीमध्ये २ हजार २० जनामा संक्रमण देखिएको बताए ।


Advertisement

पछिल्लो २४ घण्टामा ८ सय ७१ संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने हालसम्म ४३ हजार ८ सय २० संक्रमणमुक्त भएका छन् ।

यससँगै नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ पुगेका छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्