पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ५९ मा कोरोना संक्रमण

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रवार नियमित प्रेस ब्रिफिङका क्रममा काठमाडौँ उपत्यकामा ८ सय ५९ जनामा कोरोना संक्रमण देखिएको बताए ।


Advertisement

काठमाडौँ जिल्लामा ६ सय ९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जनामा संक्रमण देखिएको हो ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ७ को मृत्यु भएको छ । प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ रहेको बताएका हुन् ।


Advertisement

मृत्यु हुनेमा मोरङका २ जना ६६/६६ वर्षीय पुरुष, काठमाडौँकी ८५ वर्षीया महिला र ८८ वर्षीय पुरुष, भक्तपुरका ८२ वर्षीय पुरुष, ललितपुरकी ६६ वर्षीय महिला र नवलपरासीका ३१ वर्षीय पुरुष रहेका छन् ।   

हालसम्म निधन हुनेको संख्या ३ सय ९० पुगेको छ ।

आजको प्रेस ब्रिफिङमा एकदिनमा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमण देखिएको छ । ११ हजार पीसीआर टेस्टमा २ हजार २० संक्रमित भेटिएका हुन् ।

पछिल्लो २४ घण्टामा ८ सय ७१ संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने हालसम्म ४३ हजार ८ सय २० संक्रमणमुक्त भएका छन् ।

यससँगै नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ पुगेका छन् ।

 

 

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्