ऊर्जामन्त्रीका अंगरक्षकमा कोरोना संक्रमण पुष्टि, मन्त्री आइसोलेशनमा

काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनको सुरक्षामा खटिएका (अंगरक्षक) एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परीक्षणमा एक अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएको ऊर्जा मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार शुक्रबार मन्त्री पुनसहित पूर्व सभामुख ओनसरी घर्ती, परिवारका सदस्यका साथै सचिवालय तथा सुरक्षाकर्मीसहित २९ जनाको स्वाब संकलन गरेर परिक्षणका लागि पठाइएकोमा एक जनाको रिपोर्ट पोजेटिभ आएको हो । 
मन्त्री पुनको रिपोर्ट नेगेटिभ आएपनि उनी ५ दिन ओम आइसोलेशनमै बस्ने भट्टले जानकारी दिए । 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्