साझा पार्टीको विशेष टोली डा केसीको सत्याग्रह स्थलमा, सरकारसँग यस्तो माग

काठमाडौं । स्वास्थ्य शिक्षा तथा सेवामा हरेक नागरिकको समान पहुँचको सुनिश्चितताका माग राख्दै डा गोविन्द केसीले जुम्ला शुरु गरेको सत्याग्रहप्रति साझा पार्टीले ऐक्यबद्धता जनाएको छ । 
सो पार्टीले देशका विभिन्न ठाउँबाट आएको साझा पार्टीको विशेष टोली अहिले सत्याग्रह स्थलमा रहेको समेत जनाएको छ । 

पार्टीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै डा केसीको स्वास्थ्य यो पटक सत्याग्रहको पाँचौ दिनमैँ नाजुक बन्दै गएको भन्दै उनलाई तुरुन्तै सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न सरकारसँग माग गरेको छ । 


Advertisement

‘डा केसीले समतामूलक, भ्रष्टाचाररहित र न्यायपूर्ण समाजका लागि राखेका मागहरु आफूलाई समाजवादी भन्ने कम्युनिस्ट सरकारको आफ्नै एजेण्डा हुनु पर्ने हो। तर विडम्बनाको कुरा, सामान्य अवस्था होस् या अहिले कोभिड १९ को असामान्य अवस्था, सरकार भ्रष्टाचार, नातावाद र कृपावादमा मात्र होइन लोकतन्त्र र संविधानकै धज्जी उडाउने गरि चोर बाटोबाट नियुक्ति र मनोनयन गर्नमा व्यस्त छ’, सो पार्टीले भनेको छ । 

यस्तो अवस्थामा डा केसीको स्वास्थ्य तलमाथि भयो भने त्यसले जनताको धैर्यको बाँध टुटाउने  र त्यसको मूल्य सरकारका लागि भारी हुने साझा पार्टीले चेतावनी दिएको छ। 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्