स्थगित एफएनसीसीआईको साधारणसभाको नयाँ मिति प्रस्ताव

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को साधारणसभाको नयाँ मिति प्रस्ताव भएको छ । कोरोनाभाइरसका कारण स्थगित हुँदै आएको साधारणसभा आगामी मंसिर ११ र १२ गते गर्ने प्रस्ताव भएको हो । 
महासंघको पदाधिकारी बैठकले सो मितिमा बैठक गर्ने प्रस्ताव गरेको र कार्यकारिणी समितिले आवश्यक निर्णय गर्ने एक पदाधिकारीले बताए । 

कार्यकारिणी समितिले उक्त प्रस्ताव पास गरेर मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मितिले आधिकारिकता पाउने छ । 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्