यो साता यस्तो रह्यो सुनचाँदी बजार

काठमाडौं । सुनचाँदीको मूल्य यो साता सामान्य घटबढ भएको छ । केहीअघि तोलामा एक लाख बढी रहेको सुनको मूल्यमा पछिल्लो साता केही घटेपनि मूल्य उच्च हुँदा कारोबार सुस्ताएको व्यवसायीहरु बताउँछन् । 

सुनचाँदी बजार सुस्ताएकै बेला यो सातापनि सुनको मूल्यमा सामान्य घटबढ भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार छापावाल सुन तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भयो । यस्तै सोमबार


Advertisement

९६ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार ९७ हजार ५०० रुपैयाँ पुगेर कारोबार भयो । 

यस्तै बुधबार पनि सुन मंगलबारकै मूल्यमा कारोबार हुँदा बिहीबार भने घटेर ९६ हजार ६०० रुपैयाँमा कारोबार भयो । यस्तै आज शुक्रबार सुनको मूल्य ९७ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 
यस्तै शुक्रबार चाँदी १३३० रुपैयाँमा कारोबार भएको छ।  यसअघि आइतबार १३१०, सोमबार १३२०, मंगलबार १३४०, बुधबार १३४० र बिहीबार १३२० रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्