अध्यक्ष सुवालमा पनि कोरोना पुष्टि

भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता समेत  हुन् । 

पाल कोरिया मैत्री नगरपालिका अस्पतालमा गरिएको पिसीआर परीक्षणमा सुवाललाई कोरोना पुष्टि भएको  अस्पतालले जनाएको छ । यसपछि उनी  भक्तपुर अस्पतालको आइसोलेशनमा भर्ना भएका छन् । जिल्लामा आजसम्म एक हजार १०० भन्दा बढीलाई कोरोना पुष्टि भएको र १८ जनाले ज्यान गुमाइ सकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्