एनआइसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ सम्मान

संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैंकका संचालक समितिका अध्यक्ष तथा विशाल गु्रपका उपाध्यक्ष एवम् प्रतिष्ठित उद्योगी व्यवसायी तुलसीराम अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित गरेकी छन् । 

अग्रवालले पाँच दशक देखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्‍याउदै आएको बैंकले स्पष्ट पारेको  छ । 


Advertisement

बैंकको अध्यक्षका साथै हाल विशाल गु्रपको उपाध्यक्ष, मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउँदै बैंकले जनाएको छ । साथै उनले भिजी फाउण्डेसनमार्फत समाजको हित रक्षाको लागि समेत उल्लेख्य कार्य गर्दै आएको बैंकले जनाएको छ ।
 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्