×

NMB BANK
NIC ASIA

बाढी प्रभावितका लागि युवाले जुटाए ११ लाख

असोज ४, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

ढोरपाटनका बाढी प्रभावित परिवारलाई रु ११ लाख ४४ हजार नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी वितरण गरिएको छ ।

Muktinath Bank

युसबी सेवा, गलकोट युसबी सेवा प्रालि र इन्साइड बागलुङमा आबद्ध युवाहरुको पहलमा सङकलित राहत शुक्रबार बाढीग्रस्त क्षेत्रमै पुगी वितरण गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाढीमा परी ज्यान गुमाएकाका परिवारलाई रु १९ हजारका दरले किरिया खर्च र प्रतिमृतक रु पाँच हजारका दरले थप रकम दिइएको युसबी सेवाका अध्यक्ष आकाश युसबी थापाले जानकारी दिनुभयो । “पाँच सदस्य गुमाएको परिवारले रु ४४ हजार राहत रकम पाउनुभएको छ”, उनले भने। बाइस मृतक परिवारले कुल रु छ लाख १३ हजार राहत रकम पाएका हुन् ।


Advertisment
Nabil box
Kumari

यस्तै घाइते दुई जनालाई रु १०÷१० हजार र बाढीले पूर्ण क्षति पुर्याएका ५५ घरका परिवारलाई रु आठ हजारका दरले राहत प्रदान गरिएको हो । आंशिक क्षति पुगेका ६१ मध्ये चार घरले रु चार हजार र अन्यले रु एक हजारका दरले राहत बुझेका थिए । बाढीग्रस्त क्षेत्रका बालबालिकाको मनोबल बढाउन खेलौना, स्टेशनरी सामग्रीसमेत वितरण गरिएको गलकोट युसबी सेवा प्रालिका अध्यक्ष केशवविक्रम सिंहले बताए ।

Vianet communication
Laxmi Bank

“बाढी प्रभावितका लागि सेनिटाइजर, मास्क, साबुनलगायतका स्वास्थ्य सामग्री पनि प्रदान गरिएको छ”, उनले भने। बाढीको घटना थाहा पाउनसाथ तीनै संस्थाका युवाहरु मिलेर राहत अभयिान थालेका थिए । देश–विदेशबाट रहेका नेपालीहरुबाट सहयोग जुटेको युसबी सेवाका अध्यक्ष थापाले बताए । लक्जम्बर्गमा रहनुभएका व्यवसायी जितु थापाको पहलमा रु दुई लाख राहत रकम सङ्कलन भएको थियो ।

बाढी प्रभावितको राहत र पुनःस्थापनाका लागि लक्जम्बर्गमा रहेका प्रवासी नेपालीले स्वतःस्फूर्त रूपमा सहयोग गरेका थिए । तमानखोला, निसीखोला र बडिगाड गाउँपालिकाका पहिरो प्रभावितलाई पनि राहत बाँड्ने योजना रहेको अध्यक्ष थापाले सुनाए । राहत अभियानमा अध्यक्ष थापा, अध्यक्ष सिंह, इन्साइड बागलुङका संस्थापक राजकुमार श्रेष्ठ, सदस्य जीवन मल्ल, डिकु ठकुरी, धु्रव शेरचन, दीपेन्द्र श्रेष्ठ, यामु पौवी, राजकुमार रसाइली, भीमु क्षत्री, दिलीप खत्री, उपेन्द्रबम मल्लगायत सक्रिय थिए ।

गत भदौ १७ गते भूजीखोलामा आएको बाढीले ढोरपाटन नगरपालिका–९ का २१ र गलकोट नगरपालिका–४ का एक जनाको ज्यान लिएको थियो । १६ जना अझै बाढीमा बेपत्ता छन् । बाढीले १२० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुर्याएको छ । सडक, विद्यालय, सामुदायिक स्वास्थ्य एकाइ, लघुजलविद्युत् आयोजना, झोलुङ्गे, ढलान र काठे पुललगायतका दर्जनौँ भौतिक संरचना क्षतिग्रस्त बनेका छन् । बाढी प्रभावितको पुनःस्थापनाका लागि देश–विदेशमा सहयोग अभियान चलाइएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x