×

NMB BANK
NIC ASIA

पायल घोषले लगाइन् अनुराग कश्यपमाथि दुर्व्यवहारको आरोप

असोज ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड अभिनेत्री पायल घोषले फिल्म निर्देशक अनुराग कश्यपमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी छन् ।

Muktinath Bank

एकपटक कश्यप आफूअगाडि नांगिएको र आफूसँग नजिकिन खोजेको उनको आरोप छ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आईएएनएससँगको अन्तर्वार्तामा घोषले सन् २०१४ मा उक्त घटना भएको र त्यसले आफूलाई अझैसम्म पनि सताउने गरेको बताइन् । 


Advertisment
Nabil box
Kumari

प्रसिद्ध निर्देशकले मलाई दुर्व्यवहार गरे । आफूसँग काम गर्ने केटीहरूले मस्तीका पल बिताउने गरेको उनले मलाई बताए । त्यतिखेर उनले सिर्जना गरेको परिस्थिति निकै लाजमर्दो थियो,’ उनले भनिन् । 

Vianet communication
Laxmi Bank

निर्देशकको नाम लिन भन्दा घोषले भनिन्, ‘अनुराग कश्यपले मलाई सन् २०१४ मा दुर्व्यवहार गर्न खोजेका थिए ।’

यत्तिका वर्षसम्म चुप लागेर अहिले किन यो विषय उठाएको भनी सोध्दा पायलले भनिन्, ‘मैले यसका बारेमा धेरैपटक बोल्ने प्रयास गरेकी थिएँ तर मेरो परिवार र नजिकैका साथीले मलाई भविष्यमा समस्या आउँछ, नबोल भने । म यसबारेमा कुरा गर्न चाहन्थें तर मलाई मौन बनाइयो । हामीले यसबारेमा कुरा गर्नुपर्छ ताकि उनी जस्ता मानिसले शक्तिको दुरुपयोग गर्न नपाऊन् ।’

घटनाको स्मरण गर्दै पायलले भनिन्, ‘शुरूमा म यारी रोडमा रहेको उनको अफिस पुगें । उनी अरू कसैसँग कुरा गरिरहेका थिए र मलाई अगाडि बस्न भने । उनलाई व्यस्त देखेर म हिँडें । अर्को दिन उनले मलाई फोन गरेर अभिनेत्री जस्तो देखिने गरी तडकभडक नगरी आउन भने । मलाई सादा कपडा लगाएर आउन उनले सुझाव दिए । त्यसैले म उनलाई सलवार कमीज लगाएर भेट्न गएँ । उनले मेरा लागि खाना पकाए, भाँडा पनि माझे । म एकछिनपछि हिँडें र उनले मलाई मेसेज गरेर फेरि आउन भने । धेरै राति भएकाले म गइनँ ।’

त्यसको तीन दिनपछि अनुरागले दुर्व्यवहार गरेको पायलको भनाइ छ । 

‘उनको घर पुग्दा उनले मलाई रणवीर कपूरसँग फिल्म खेल्नका लागि केटीहरू आफूसँग सुत्न तयार भएको बताए ।’

अनि अनुरागले त्यतिबेलै अश्लील फिल्म हेर्न थालेको पायलको भनाइ छ । 

‘मलाई त्यतिखेर डर लाग्यो । उक्त कोठामा थुप्रै क्यासेट, किताब र सोफा थिए । त्यो पुस्तकालय जस्तो देखिन्थ्यो । अचानक उनी मेरो अगाडि नांगिए र मलाई लुगा खोल्न भने । मैले म यसमा सहज छैन भनें,’ पायलले दाबी गरिन् । 

‘उनले भने– मैले काम गरेका सबै अभिनेत्रीहरू मेरो एक कलमा मसँग सुत्न आउँछन् ।’

‘मैले आफू असहज तथा अस्वस्थ भएको बताउँदै त्यहाँबाट भागें । त्यस घटनापछि मैले उनलाई कहिल्यै भेटिनँ ।’

‘घटनापछि पनि उनले कैयौंपटक मलाई भेट्न भनेका थिए तर मैले भेटिनँ । त्यस घटनाले मलाई अझैसम्म पनि सताउँछ,’ उनले भनिन् । अनुरागले त्यसबेलामा डिभोर्स नलिएको उनले बताइन् । 

अनुराग कश्यपले चाहिँ यो मिथ्या आरोप भएको र आफूलाई फसाउनका लागि षड्यन्त्र गरिएको बताएका छन् । 
 

कंगना रनावतले पायलको साथ दिँदै अनुराग कश्यपलाई तत्काल पक्राउ गर्न आह्वान गरेकी छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x