×

NMB BANK
NIC ASIA

वित्तीय संघीयता कार्यान्वयनमा निकै ठूलो फड्को मारिसकेका छौं : मैनाली [अन्तर्वार्ता]

असोज ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना महामारीसँगै विश्वभर अहिले नियमित कामकारवाहीमा विद्युतीय प्रणालीलाई जोड दिइँदै आएको छ । नेपालमा पनि सरकारी तथा गैरसरकारी निकायहरूले प्र्रविधि र प्रणालीको सुधार गर्दै कार्यसम्पादन गरिरहेका छन् । 
नेपालमा सरकारी खर्च व्यवस्थापनको अख्तियारी महालेखा नियन्त्रक कार्यालयले पाएको छ । सरकारी खर्चमा पनि प्रणालीगत सुधार तथा विद्युतीय सुधारका कुराहरू बेलाबखत उठिरहन्छन् । यस्तै मुलुक संघीयतामा गइसकेपछि वित्तीय संघीयता लागू गराउने र स्थायित्वका लागि पनि कार्यालयले काम गर्दै आएको छ । 

Muktinath Bank

राज्यको खर्च व्यवस्थापनमा प्रविधिको सुधार तथा वित्तीय संघीयता कार्यान्वयनको पाटोमा केन्द्रित भई लोकान्तरकर्मी परिवर्तन देवकोटाले महालेखा नियन्त्रक गोपीनाथ मैनालीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महालेखा नियन्त्रक कार्यालयको अहिलेको अवस्था कस्तो छ ? 


Advertisment
Nabil box
Kumari

बजेट निर्माण तथा कार्यान्वयनको खर्चको पाटो महालेखा नियन्त्रक कार्यालयले गर्दछ । समग्र अवस्था हेरेर भन्नुपर्दा कार्यालयको अहिलेको अवस्था निकै राम्रो र सकारात्मक छ । हामीले केही सुधारका कार्यहरू गरिरहेका छौं भने केही काम गर्न बाँकी नै छ । 

Vianet communication
Laxmi Bank

आजभन्दा १३ महिनाअघि तपाईं यहाँ आउँदै गर्दाको अवस्था र अहिलेको कार्यालयको अवस्थामा कत्तिको अन्तर छ ? 

म १३ महिना अगाडि म यहाँ आउँदै गर्दा केही प्रणाली सुधारका कामहरू हुन लागेको पाएको थिएँ । महालेखा नियन्त्रक कार्यालयको काम नेपाल सरकारको सम्पूर्ण सार्वजनिक खर्चहरू व्यवस्थापन गर्नु हो । यस्ता खर्चहरूलाई व्यवस्थित, पारदर्शी बनाउने, अभिलेखित गर्ने, वार्षिक प्रतिवेदनहरू बनाउने र सरकारले वित्तीय उत्तरदायित्व कायम गरेको छ कि छैन भनेर मूल्यांकन गर्नका लागि महालेखा परीक्षक एवं अन्य निकायहरूलाई आधार दिने काम हामीले गर्नुपर्छ । यो कामको सन्दर्भमा केही काम पहिले पनि राम्रो थियो । तर हामीसँग भएको ६० वर्ष पहिलेको वा २०१६/१७ मा लागू भएको नगदमा आधारित सरकारी लेखा प्रणालीलाई आधुनिक लेखा प्रणालीमा रुपान्तरण गर्नु थियो । 

हामी संघीयतामा गइसकेपछि यसमा धेरै सरकार अएका छन् । पहिला एउटा सञ्चित कोष राष्ट्रको ढुकुटी हुन्थ्यो भने अहिले धेरै भए । यी सबैलाई एकीकृत गर्ने एउटा काम थियो, जसलाई हामीले वित्तीय संघीयताको रूपमा लिन्थ्यौं । 

तेस्रो काम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनले यस कार्यालयलाई दिएका केही कामहरू अगाडि बढाउनुपर्ने थियो । सम्पत्तिको अभिलेखनको कामहरू भएको थिएन, स्थानीय तहको आर्थिक विवरणहरू आउन सकेका थिएनन् ।

विभाज्य कोषको वार्षिक प्रतिवेदन तयार पारेर बुझाउन सकिएको थिएन र आन्तरिक लेखा परीक्षणका कामहरू गर्नुपर्ने थियो । 

यी तीनवटा काम गर्ने सन्दर्भमा केही काम भएको थियो । ती भएका कामहरूलाई निष्कर्षमा पुर्‍याउनु थियो, त्यसलाई आधुनिक, सूचना प्रविधिमैत्री र लेखापालनका मान्य सिद्धान्तहरू अनुसार यो संस्थालाई अगाडि बढाउनुपर्ने थियो । अहिले यी कामहरू गरिरहेका छौं । 

मुलुक संघीयतामा गइसकेको अहिलेको परिस्थितिमा कतिपय काम कारवाहीका लागि अझै असहज भएको सुनिन्छ । वित्तीय संघीयता कार्यन्वयनको अवस्था चाहिँ कस्तो छ ? 

वित्तीय संघीयता कार्यान्वयन गर्ने काम अत्यन्तै जटिल काम हो । राजनीतिक वा प्रशासनिक संघीयताको कामभन्दा यो काम निकै जटिल रहेछ भन्ने मलाई लाग्छ । यहाँ आइसकेपछि मलाई केही कुरा महसूस भयो । वित्तीय संघीयता कार्यान्वय गर्ने क्रियाकलापको नेतृत्व गर्न निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले हामीलाई निकै नै सहयोग तथा हौसला दिनुभयो, दिशाबोधको काम गरिरहनुभयो । 

यति हुँदाहुँदै पनि ७ सय ५३ वटा स्थानीय तह र ७ वटा प्रदेश वित्तीय समानीकरण अनुदान दिने र त्यसको हिसाब राख्ने, अन्तरसरकारी वित्तीय अख्तियारी र त्यसको हिसाब, समपुरक अनुदान, त्यसको हिसाब, विषेश अनुदान, कार्यक्रम अनुदान लगायतलाई व्यवस्थित गर्नुपर्ने थियो । यो व्यवस्थित गर्ने सन्दर्भमा भर्खरै निर्वाचित संस्थाहरू थिए । ती संस्थाहरूलाई हामीले २ तरिकाबाट काम गरायौं । 

तदर्थ रूपमा महालेखा नियन्त्रक कार्यालयले प्रत्येक निकायमा लेखा समूहको कर्मचारी खटायो र प्रशिक्षण गरायो । त्यस्तै सूत्र प्रणाली व्यवस्थापन गर्‍यौं । स्थानीय निकाय सञ्चित कोष व्यवस्थापन प्रणालीको विकास गर्‍यौं र कार्यान्वयनमा ल्यायौं । यसले बजेटिङ, रिपोर्टिङ र खर्च तीनै प्रकारका कुराहरू सफ्टवेयरमा इन्ट्री गरिसकेपछि त्यसले स्थानीय तहको अभिलेखीकरण, आम्दानी तथा हिसाब व्यवस्थित गर्ने काम गरायौं । केन्द्रीय सरकारले चाहेको खण्डमा सबै स्थानीय निकायको हिसाब जानकारी लिन पाउने व्यवस्था गर्‍यौं । सूत्र कार्यान्वयन गर्नुअगाडि विभिन्न स्थानीय निकायमा छुट्टाछुट्टै प्रकारका सफ्टवेयरहरू सञ्चालन गरिएको रहेछ, यसले हिसाबको एकरूपता नहुने लगायतका कुराहरू देखिसकेपछि सूत्र कार्यान्वयनमा ल्याएका हौं । 

यसपछि सबै स्थानीय तहको जनप्रतिनिधि र लेखा समूहमा आबद्ध २५ सय जनालाई गत वर्षमा तालिम दिएका थियौं । अहिले भने ७ सय ५३ वटै स्थानीय तहहरू कुनै न कुनै रूपमा सूत्र प्रणालीमा आबद्ध भइसकेका छन् । कोही बजेटिङमा मात्रै, कोही खर्चमा मात्रै छन् । यसले स्थानीय तहमा वित्तीय अनुशासन कायम गराउन र केन्द्र सरकारले सबै जानकारी राख्न सहज हुने भयो । 

प्रदेशमा हामीले प्रदेश सिंगल ट्रेजरी अकाउन्टको व्यवस्था गरेका छौं । यसका आधारबाट वित्तीय संघीयताको कार्यान्वयनको विषयमा सबै तहबाट एकीकृत बनाउने व्यवस्था गर्‍यौं । यसरी हेर्दा तीन वर्षको अवधिमा वित्तीय संघीयता कार्यान्वयनमा निकै नै फड्को मारिसकेको देखिन्छ । यो हाम्रा लागि निकै ठूलो सफलता हो ।

अहिलेको अवस्थामा वित्तीय संघीयताको जग बसिसकेको अवस्था हो कि, केही बाँकी छ ? 

हामीले अहिलेसम्मको अवस्थामा आइपुग्दा निकै नै मेहनतका साथ काम गरेर यसको जग बसालिसकेका छौं । अब भने हामीलाई केही सहज हुन्छ भन्ने अपेक्षा छ । तर चुनौती भने कायम नै छन् । अहिलेको वर्षबाट हामीले संघीय सरकारको लेखा प्रणालीलाई हामीले ६० वर्ष पछाडि क्रियाकलापमा आधारित बनायौं ।

हिजो बजेट सिस्टमको अकाउन्ट हुन्थो । अब भने त्यसबाट अगाडि बढेर बजेट बनाउँदा जुन कार्यक्रमहरू राखिएको छ, त्यही अनुसार कार्यक्रमगत, स्रोतगत र क्रियाकलापगत अकाउन्ट राख्न सक्ने कम्प्युटरबेस अकाउन्टिङ सिस्टम लागू गरेका छौं । यो साउन १ गतेदेखि कार्यान्वयनमा आयो । यो कार्यान्वयनमा आइसकेपछि स्थानीय तहको संयन्त्रलाई पनि यसमा संलग्न गराइसकेका छौं । ७ वटै प्रदेशमा सिगास र सूत्र सपोर्ट टीम भनेर राखेका छौं ।

कोरोना महामारीका समयमा कार्यसम्पादन कसरी गरिरहनुभएको छ ? 

चैत ११ गतेदेखि मुलुक पूर्ण लकडाउनमा गयो । हामीले चैत १ गतेदेखि नै सामाजिक दूरी तथा अन्य सुरक्षाका प्रोटोकल प्रयोग गरी काम गरिरहेका थियौं । कोरोना कोष सञ्चालन गर्नुपर्ने, काम रोकिन दिन नहुने बाध्यता थियो । हाम्रा साथीहरूले राति १२ बजे, राति २ बजेसम्म पनि यहीँ रहेर काम गर्नुभयो । कतिले घरबाटै पनि काम गर्नुभयो । हामीले कुनै दिन काम रोकेनौं । कहीँ पैसा रोकेनौं । मास्क किन्न रोकियो भने पनि अन्तिम जिम्मेवारी हाम्रो हुन्छ, त्यसकारण हामीलाई झन् जिम्मेवार बन्ने अवसर मिल्यो । 

कोरोना संकट आयो । यी सबै कुराका बावजुद पनि साउनदेखि अहिलेसम्ममा हामीले ५६ सयवटा खर्च केन्द्रहरू तयार पार्‍यौं । खर्च केन्द्रका सबै साथीहरूलाई सुरक्षा निकाय, सरकारका निकायहरू, सम्पूर्ण निकायहरूलाई अनलाइन प्रविधि जूमको माध्यमबाट तालिमहरू प्रदान गर्‍यौं । हाम्रा साथीहरू अहिले पनि १८ घन्टा खटिएर काम गरिरहनुभएको छ । ८० प्रतिशत कामहरू हामीले साधारण रूपमा नै गरिरहेका छौं । समस्या देखिएका निकायहरूमा पनि सुधारका काम भइरहेको छ । यसबाट हामी विस्तारै सुशासन र जवाफदेहिता प्राप्त गर्ने मार्गमा छौं । यी सबै कुराहरूलाई हामीले मध्यनजर गरेर ६० वर्षपछाडि युगान्तकारी सफलता वा कामहरू गरेका छौं । अब हामी अन्य देशहरूको लेखा प्रणालीभन्दा तल छैनौं, बरु माथिल्लो स्तरमा पुग्न लागेका छौं ।  

नेपाल सरकारले अहिलेसम्म आर्थिक बेरुजु बनाउँदा आम्दानी र खर्चको धरौटीको मात्रै बनाउँथ्यो, अर्थात् नगदमा आधारित । तर हामीसँग त सम्पत्ति पनि छ । सरकारको सम्पत्ति कति ? त्यो आँकडा थिएन । गाडी कति ? टेबुल कति भनेर भन्न सक्थ्यौं, तर सरकारको सम्पूर्ण सम्पत्ति कति त्यो भन्न सकिँदैन थियो । अहिले यी सम्पूर्ण कुरा देखिने गरी सरकारी सम्पत्ति व्यवस्थापन सूचना प्रणालीको व्यवस्था गर्‍यौं । अबको २ वर्षभित्रमा सरकारको सम्पूर्ण खर्चहरू पूर्णतः विद्युतीय माध्यमबाट गर्नेगरी काम भइरहेको छ । अहिले पनि ३० प्रतिशत हाराहारीको काम त विद्युतीय प्रणालीमार्फत् नै हुन्छ । 

सुधार गर्नुपर्ने कामहरूबारे केही त माथि आइसकेका छन्, यी बाहेक अन्य के कस्ता सुधारहरू हुँदैछन् ? 

हामीले अहिले केही सुधारका कामहरू पनि गरिरहेका छौं, जस्तो पेन्सन व्यवस्थाका सुधारहरू । पहिले पेन्सन थियो । पेन्सन दिएबापत अहिले २ लाख ८१ हजार कर्मचारीलाई वर्षमा ५४ अर्ब जति पैसा हामी दिन्छौं, यसो गर्दा ५४ करोड जति सरकारी कारोबार गर्ने बैंकलाई दिनुपर्छ । अहिले हामी बैंकलाई दिनुपर्ने त्यस्ता कमिसन वा लागतलाई कम गर्नतर्फ लागिरहेका छौं । 

यसैगरी सेन्ट्रल पे रोल सिस्टमको विकास गरिरहेका छौं । हामीले नेपालभित्रका सम्पूर्ण कर्मचारीहरूको तलबलाई एक क्लिक गरेर यहीँबाट दिन सक्ने सिस्टम विकास गर्दैछौं । 

कार्यालयअन्तर्गत विभिन्न कामहरू भइरहेको छ, विद्युतीय माध्यममा जानुपर्ने बाध्यता पनि छ । यसरी हेर्दा जोखिम पनि बढी नै होला, कार्यसम्पादनमा केकस्ता  चुनौती देखिन्छन् ? 

कार्यालयमा काम गर्दै जाँदा चुनौती त आउँछन् नै । हामी अहिले प्रणाली व्यवस्थापन तथा सुधार गर्दै गइरहेका छौं । यो समयमा पनि केही साथीहरू सरुवा भएका छन् । यस्तो अवस्थामा २/३ वर्ष कोर रिफर्म टीम सँगै हुन पाए राम्रो हुन्थ्यो । तर उनीहरू सरुवा हुँदा नयाँलाई अपनत्वमा लिन नै समय लाग्न सक्छ । यसलाई हामीले अभिमुखीकरण लगायतका सहजीकरण गरिरहेका छौं । 

अन्य मन्त्रालयहरूले ऐनले यो निकायलाई दिएको अख्तियारी पूरा गर्न सहयोग गर्नुपर्छ । मुख्यसचिवहरूले यसमा सहजीकरण गरिदिनुपर्छ, र अर्थ मन्त्रालयले पनि । 

भर्खरै वित्तीय संघीयता कार्यान्वयन भइरहेको छ । हामी आवश्यकतामा भन्दा उत्साहमा काम गर्छौं । स्थानीय तहहरूमा उत्साहले काम गर्छौं ।

हामीले अकाउन्टिङ सिस्टम किन मान्नुपर्छ, हामीले रिपोर्ट किन गर्नुपर्छ ? भन्ने सोच पनि छ । हामीले प्रणालीमार्फत लिंक जोड्दै गर्दा उनीहरूको त्यस्तो मनस्थितिले लिंक टुट्ने जोखिम हुन्छ ।

लिंक टुटेमा आर्थिक अराजकता लगायतका समस्या सिर्जना हुन्छन् । यो लिंक टुट्न नदिनका लागि प्रणाली ल्याएका हौं । यसलाई सहजीकरण गर्दै लैजानुपर्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x