राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीका तीन अध्यक्षहरूको आइतबार बसेको बैठकले मंगलबारका लागि केन्द्रीय समितिको बैठक आयोजना गरेको हो । 
पटक–पटक विभाजन भएर फेरि एक भएको राप्रपामा चुनाव चिह्न के राख्ने भन्ने विषयमा मतान्तर रहँदै आएको छ ।

राप्रपाका अध्यक्ष कमल थापाका अनुसार आजको बैठकले राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित गर्न पार्टी एकता सुदृढ तुल्याउने र सबै समस्याहरु समझदारीबाट समाधान गर्ने निर्णय गरेको छ ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्