नेपालको संविधान दिवसको अवसरमा डोनाल्ड ट्रम्पले पठाए शुभकामना सन्देश

काठमाडौं । नेपालको संविधान दिवसको अवसरमा अमेरिकाले बधाई सन्देश पठाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधान दिवसको अवसरमा शुभकामना सन्देश पठाएका हुन् । 
परराष्ट्र मन्त्रालयले आइतबार अबेर विज्ञप्तिमार्फत संविधान दिवसको अवसरमा ट्रम्पले भण्डारीलाई शुभकामना सन्देश पठाएको जानकारी दिएको हो । 

विज्ञप्तिमा शुभकामना सन्देश आउने क्रम जारी रहेको पनि उल्लेख गरिएको छ । 


Advertisement

शनिबार परेको संविधान दिवसको अवसरमा विभिन्न देशका सरकार र राष्ट्र प्रमुखले नेपाललाई बधाई सन्देश पठाएका छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्