कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
असोज ५, २०७७
कोरोनाभाइरस (कोभिड– १९) नियन्त्रणमा संघीय सरकारले हात उठाएपछि सम्पूर्ण जिम्मेवारी स्थानीय सरकारहरूको काँधमा पुगेको छ ।
सरकारले लामोदुरीका यातायात समेत सञ्चालनको अनुमति दिएपछि चाडबाडको मुखमा शहरबाट गाउँ फर्किनेहरूको लहर शुरू भएको छ ।
काठमाडौंलगायत कतिपय शहरी क्षेत्रमा कोरोना समुदायमै फैलिसकेको अवस्थामा शहरबाट गाउँ फर्किनेहरूसँग कोरोना पनि गाउँगाउँ पुग्ने चिन्ता छ ।
शहरबाट गाउँतर्फ फर्किनेको चाप बढेपछि कोरोना नियन्त्रणका लागि के गर्ने भन्ने जिम्मेवारी सबै स्थानीय तहको काँधमा पुगेको छ ।
चाडबाडमा चहलपहल बढ्ने देखिए पनि कोरोना नियन्त्रणका लागि के गर्ने भन्नेमा स्थानीय तहहरू नै अन्योलमा छन् ।
स्पष्ट नीति नहुँदा आफूहरू अन्योलमा परेको गुल्मीको मालिका गाउँपालिकाका अध्यक्ष रितबहादुर थापाले बताए ।
‘संघीय सरकारले सबै खोलिदिए पनि स्थानीय तहले कसरी कोरोना नियन्त्रण गर्ने भन्ने विषयमा कुनै नीति बनेको छैन । कसरी काम गर्ने भन्नेमा अन्योलमा परेका छौं,’ अध्यक्ष थापाले लोकान्तरसँग भने, ‘महामारीको अवस्थामा संघीय सरकारको विपरीत निर्णय गर्न पनि मिल्दैन !’
यस्तै संघीय सरकारले स्थानीय तहमा केही पनि काम नगरेको पर्साको पकहाँ मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले बताए ।
‘अहिलेसम्म संघीय सरकारले कोरोना नियन्त्रणमा केही पनि गरेको छैन, अब गर्छ भन्ने आशामा पनि छैनौं,’ अध्यक्ष चौरसियाले लोकान्तरसँग भने ।
सरकारले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न भन्दै २०७६ चैत ११ गतेदेखि देशभर बन्दाबन्दी (लकडाउन) गरेको थियो । लकडाउनसँगै देशभरमा लामोदुरी र छोटोदुरीका सवारी साधनहरू बन्द भएका थिए ।
सरकारले १२० दिन लामो बन्दाबन्दी साउन ७ गतेदेखि जिल्ला र स्थानीय तहलाई जिम्मा दिएर केही आंशिक रूपमा खुलायो ।
कोरोनाका २ सयभन्दा बढी संक्रमित भेटिएको खण्डमा जिल्ला वा स्थानीय तहले निषेधाज्ञा खुलाउने गरी केही खुकुलो बनाएको थियो ।
संक्रमण दर बढेसँगै वीरगञ्ज महानरपालिकाले पहिलोपटक निषेधाज्ञा जारी गर्यो । त्यसपछि देशभरका धेरै जिल्लामा निषेधाज्ञाले जनजीवन कष्टकर बन्यो ।
संक्रमणको दर कतिपय जिल्लाका कम भए भने उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरमा कोरोनाको संक्रमणको दर बढी नै रह्यो ।
यस्तै रुपन्देही, पर्सा, चितवन लगायतका जिल्लामा पनि कोरोना संक्रमणको दर बढी नै रह्यो ।
असोज ३ गते उपत्यकाका ३ जिल्लाका सीडीओहरूले ३ साता लामो निषेधाज्ञा लागू गरे तर पनि कोरोना भाइरसको संक्रमण दर उपत्यकामा भने घटेन, झन् बढ्यो ।
जनताको दैनिक जनजीवनमा असर पर्दै जाँदा नागरिकहरू सडकमा आउने संकेत पाएपछि सरकारले केही शर्तसहित २४ गतेबाट खुलायो ।
लामो समयको बन्दले गर्दा आफ्ना सवारी साधनमा खिया लागेको, बैंकको ऋण तिर्न नसकेको भन्दै यातायात व्यवसायीले लामोदुरीका सवारी साधन असोज १ गतेदेखि खोल्ने भन्दै चेतावनी दिए ।
सरकारले असोज १ गते अगावै मन्त्रिपरिषदको निर्णयबाट लामोदुरीका यातायात र आन्तरिक हवाइ यात्रा खोलिदियो ।
लामोदुरीका सवारी साधन र हवाइ यात्रा खोलिएसँगै अहिले लगभग देश सामान्य जस्तै बनेको छ ।
यससँगै सरकारले कोरोना भाइरसको संक्रमणबाट हात झिकेजस्तै देखिएको छ ।
सरकारले जनचेतनाको अभावले गर्दा कोरोना भाइरसको संक्रमण बढेको भन्दै जनचेतनामूलक कार्यक्रममा खर्च गर्न थालेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमका अनुसार सरकारले अहिले सबैभन्दा धेरै जोड स्वास्थ्य मापदण्डलाई दिएको बताए ।
‘मन्त्रालयको जोड स्वास्थ्य मापदण्ड हो,’ प्रा.डा गौतमले भने, ‘अब सार्वजनिक स्थानहरूमा हिँडडुल गर्दा वा यात्रा गर्दा अनिवार्य स्वास्थ्य मापदण्ड पालाना गर्नुपर्ने हुन्छ ।’
स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीको भनाइ मान्ने हो भने अब सरकारको ध्यान जनचेतनामा मात्रै छ । कन्ट्याक्ट ट्रेसिङको काम पहिलो प्राथामिकतामा थियो, अब जनचेतनामा छ, उनले भने ।
यसको अर्थ सरकारले कोरोनाका सामु लगभग हात उठाइसकेको भन्ने हुन्छ । अहिले लक्षण देखिएका बिरामीहरूको मात्र पीसीआर टेष्ट गर्ने र गरीबहरूको मात्र निःशुल्क परीक्षण गर्ने कुराले यो कुरा पुष्टि गरेको ती अधिकारी बताउँछन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमको भनाइ ‘अब स्वास्थ्य मापदण्ड पालना गर्ने’ भन्ने शब्दले पनि थप पुष्टि गर्छ ।
कोरोना नियन्त्रणमा स्थानीय तहको भरोसा
सरकारले असोज १ गतेदेखि लामोदुरीका यातायात र आन्तरिक हवाइ उडान लगायत देशभरमा व्यापार व्यवसाय र अवातजावत खुलाएपछि बढ्दै गएको कोरोना नियन्त्रणको जिम्मा स्थानिय तहको काँधमा गएको छ ।
दशैँतिहार, छठ लगायतका चाडपर्व नजिकिँदै गर्दा मानिसहरूको आउजाउ गाउँगाउँसम्म बढ्ने भएकाले अब कोरोना संक्रमणमा नियन्त्रणको जिम्मा स्थानीय तहलाई गएको हो ।
संघीय सरकारले स्थानीय तहले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा के गर्ने भन्ने स्पष्ट निर्देशन नदिँदा अन्योलमा परेका छन् ।
दशैँतिहार नजिकिँदै गर्दा मानिसहरूको आउजाउ हुने भएकाले कोरोनाको संक्रमणबाट कसरी जोगाउने भन्ने चिन्ता बढेको गुल्मी मालिका गाउँपालिकाका अध्यक्ष रितबहादुर थापाले बताए ।
‘अब दशैंमा धेरैजसो गाउँ आउँदै हुनुहुन्छ कसरी व्यवस्थापन गर्ने चिन्तामा परेका छौं,’ अध्यक्ष थापाले लोकान्तरसँग भने ।
अहिले मालिका गाउँपालिकाले भारत लगायत तेस्रो मुलुकबाट आउने नेपाली नागरिकलाई गाउँपालिकाको क्वारेन्टीनमा राखेर घर पठाउने गरेको छ ।
देशभित्रका अन्य जिल्लाबाट आउने मानिसहरूलाई अनिवार्य होम क्वारेन्टीनमा बस्नुपर्ने व्यवस्था मिलाउन लागेको छ ।
गाउँपालिकाभित्र कोरोना संक्रमण पुष्टि भएका बिरामीलाई गाउँपालिकाको आइसोलेसनमा राखेर उपचार गरिरहेको अध्यक्ष थापाले बताए ।
यस्तै प्रदेश नम्बर २ पर्साको पकहाँ मैनापुर गाउँपालिकाले पनि भारतबाट आउने मानिसहरूलाई अनिवार्य होम क्वारेन्टीनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।
‘हामीले इन्डियाबाट आउनेलाई होम क्वारेन्टीनमा अनिवार्य बस्नुपर्ने भनेका छौं,’ अध्यक्ष विजयकुमार चौरसियाले भने । तर भारतसँग सिमाना जोडिएको गाउँपालिका भएकाले धेरै समस्या छन् ।
पकहाँका स्थानीय दैनिक भारततर्फ खेती गर्न जाने भारततर्फका नेपालमा आउने भएकाले व्यवस्थापन गर्न कठिनाइ भएको अध्यक्ष चौरसियाले बताए ।
संघीय सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको उनले बताए ।
आफ्नै स्रोत साधन र व्यवस्थापनमा कोरोनाभाइरसको नियन्त्रण गरिरहेको बाँके खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।
अध्यक्ष कक्षपतिका अनुसार स्थानीय तहका आइसोलेसन र क्वारेन्टीनको व्यवस्था गरी भारतमा रोजगारीका लागि गएका नेपालीलाई व्यवस्थापन गरिरहेका छन् ।
स्थानीय तह सक्रिय हुने समय आयो : विज्ञ दीक्षित
संघीय सरकारले कोरोना भाइरसको नियन्त्रणबाट हात झिकेको अवस्थामा स्थानीय तहका सक्रिय हुनुपर्ने जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षितले बताए ।
‘सरकारले हात झिकेको हो, अब स्थानीय तहहरू सक्रिय हुनुपर्छ,’ डा. दीक्षितले भने ।
डा. दीक्षितका अनुसार अब स्थानीय तहले वडा–वडामा गएर कोरोना भाइरसको संक्रमणका जोखिम रहेका क्षेत्रमा पीसीआर परीक्षण गर्ने, आवाश्यक परेको खण्डमा त्यस क्षेत्र सिल गरेर आइसोलेट गर्नुपर्ने बताए ।
‘अब स्थानीय तहले धेरैभन्दा धेरै आइसोलेसन निर्माण गर्न सक्नुपर्छ,’ डाक्टर दीक्षितले भने, ‘गाउँका बुढापाका, बिरामी र जोखिम हुनसक्ने मानिसहरूलाई मास्क लगायतका सुरक्षाका सावधानी अपनाउन सहयोग गर्नुपर्ने जरुरी देखिन्छ ।’
स्थानीयतहरूले राम्रोसँग कोरोना नियन्त्रणमा सहयोग गरेको खण्डमा संक्रमण दर शून्य झार्न सकिने विज्ञ डा. दीक्षितको भनाइ छ ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...