कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
असोज ६, २०७७
आफैं कार्यरत अस्पतालको लापरवाहीको शिकार बनेका डा. सिंह, न्यायका लागि भौँतारिँदै परिवार
२०७६ भदौ १० गते साँझ ९ बजे खाना खाने क्रममा रूपन्देहीको भैरहवाका अर्थोपेडिक सर्जन डा. ज्ञानेश्वरप्रसाद सिंहको घाँटीमा खसीको हड्डी अड्कियो ।
परिवारले डा. ज्ञानेश्वर नै कार्यरत युनिभर्सल मेडिकल कलेज भैरहवामा तुरुन्तै पुर्याए । अस्पतालमा पुर्याएको रात उनलाई चिकित्सकहरूले केही उपचार गरेनन् ।
‘पेनकिलर’ दिएर राखे । अन्य उपचार गरेनन् । डा. सिंह हाडजोर्नी विशेषज्ञ प्राध्यापक पनि हुन् ।
पर्सिपल्ट अर्थात् १२ गते बिहान ९ बजे बल्ल उनलाई ओटीमा लगियो । घाँटीमा अड्किएको हड्डी निकाल्न ५ घण्टा अपरेसन गरियो । आधा हड्डी निकालियो ।
आधा हड्डीलाई धकेलेर पेटमा पठाइयो भनेर चिकित्सकहरूले परिवारलाई भने । चिकित्सकले दालको रस र जुस खान दिन हुने भनेर सुझाए । तर, १४ गते बेलुकाबाट डा. ज्ञानेश्वरले वान्ता गर्न थाले ।
परिवारले सिटीस्क्यान गरौं भने, तर अस्पतालले मानिरहेको थिएन । परिवारको दबाबपछि सिटीस्क्यान गर्दा घाँटीमै हड्डी देखियो । परिवारका सदस्य झस्किए । परिवारलाई नभनी उनलाई आईसीयूमा सारियो ।
त्यसपछि अस्पतालले डा. सिंहको सानो अपरेसन गर्नुपर्ने भएकाले काठमाडौं लैजानुपर्छ भन्यो । हेलिकप्टरमार्फत काठमाडौं पठाइयो ।
उनलाई काठमाडौंको ग्राण्डी अस्पतालको छतमा ल्याण्ड गराइयो । तर, ग्राण्डीमा उपचार नगरी उनलाई मनमोहन अस्पताल लगियो । युनिभर्सल अस्पतालले मनमोहन अस्पतालमा सिरियस केस आउँदैछ भनेर पहिल्यै जानकारी गराएका रहेछन् । परिवारलाई तुरुन्त बिरामी भर्ना गर्ने कार्डमा हस्ताक्षर गर्न लगाए ।
त्यहाँ बिरामीको इन्डोस्कोपी गर्दा खाना खाने नली च्यातिएको र त्यसको इन्फेक्सनले गर्दा छातीमा समेत इन्फेक्सन भएको देखियो । मनमोहन अस्पतालले घाँटीको हड्डी निकाल्ने र धकेल्ने क्रममा अस्पतालको लापरवाही भएको बतायो । त्यही कारण खाना नली हुँदै संक्रमण छातीसम्म पुगेर संक्रमण भएको पुष्टि भयो । मनमोहन अस्पतालमा उनको हड्डी निकालियो । तर, उनको स्वास्थ्यमा कुनै सुधार भएन ।
३ महिना अस्पतालको आईसीयूमा राखियो । तीन महिनापछि बल्ल च्यातिएको नलीको शल्यक्रिया गर्न सकिने अस्पतालले बतायो । तर, आईसीयूमै राखिएका डा. सिंहको २०७६ माघ २ गते निधन भयो । उनी ५६ वर्षीय थिए । उनको उपचारमा लागि मात्रै परिवारले ६० लाख रूपैयाँ खर्चिएको छ ।
मृतक डा. सिंहका छोरो प्रज्ज्वल सिंह सहित परिवारले अस्पतालको गम्भीर लापरवाहीले मृत्यु भएको भन्दै २०७७ साउन ९ गते क्षतिपूर्ति र सुविधाबापतको रकम माग गर्दै युनिभर्सल कलेजमा परिवारले निवेदन दिए । आफूहरूको निवेदनको सुनुवाइ नभएको भन्दै भदौ गृह र स्वास्थ्य मन्त्रालयमा पनि पुनः निवेदन दिएका छन् ।
प्रज्ज्वलले भने, ‘हाम्रो निवेदनको कुुनै सुनुवाइ गर्दैनन् । फोन पनि रिसिभ गर्दैनन् । बुवाले त्यहाँ १० वर्ष काम गर्नुभयो । त्यहीँका चिकित्सकको लापरवाहीले गर्दा बुवाको मृत्यु भयो । अस्पतालको यो हदसम्मको लापरवाहीमा मिडियाका साथीहरूले साथ दिनुभयो, अस्पतालले हामीलाई कुनै वास्ता गरेन ।’
डा. ज्ञानेश्वरप्रसाद सिंहको उपचारमा लापरवाही गरेको भन्दै नेपाल मेडिकल काउन्सिलले युनिभर्सल कलेजका उपचारमा संलग्न चिकित्सकलाई कारवाही गरेको छ ।
काउन्सिलले डा. सिंहको उपचारमा संलग्न चिकित्सक डा. विश्व तुलाचनलाई एक वर्षसम्म ‘इसोफिजिएल इन्डोस्कोपी’ गर्न नपाउने कारवाही गरेको प्रज्ज्वलले जानकारी दिए । त्यस्तै अर्का डा. लक्ष्मी पाठकलाई पनि छानबिन चलेको छ । उनी अहिले भारतको दिल्लीमा रहेको बताइएको छ ।
अस्पतालका डाइरेक्टर खुमा अर्यालले डा. ज्ञानेश्वरप्रसाद सिंहलाई बचाउनका लागि अस्पतालले ठूलो धनराशि खर्च गरेकाले अन्य सहयोग परिवारलाई गर्न नसकिने बताए ।
अर्यालले भने, ‘उहाँलाई बचाउन हामीले सक्दो सहयोग गरेको हो । अस्पतालले आफ्नै खर्चमा काठमाडौंसम्म हेलिकप्टर मगाएर पठायौं । तर, उहाँको परिवारले अस्पतालविरुद्ध धावा बोल्न थाले । अस्पतालले अब कुनै सहयोग गर्न सक्दैन ।’
प्रज्ज्वल र उनकी बहिनी प्रज्ञा सिंह बंगलादेशमा एमबीबीएस अध्ययनरत छन् ।
कोरोना महामारीले गर्दा पढाइ बन्द भएपछि उनीहरू अहिले नेपाल आएका छन् । प्रज्ज्वल भन्छन्, ‘हामीलाई पढाउन बुवाले घर जमिन बैंकमा राखेर डाक्टर पढाउनुभएको हो । परिवारको मुख्य व्यक्ति नै मृत्यु भएपछि हामी अहिले विचल्लीमा छौं ।’
सिंह परिवारको स्थायी घर जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ धनुषा हो ।
हेर्नुहोस्, सम्बन्धित कागजातहरू :
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...