असोज १९, २०७८
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
हामीमध्ये केहीलाई निद्रामा कुरा गर्ने बानी हुन्छ । राति सुतेका बेलामा यसरी बर्बराउनुलाई सोम्नीलोकी भनिन्छ ।
यो कुनै रोग होइन तर यसरी निद्रामा बर्बराउँदा तपाईंसँगै सुत्ने मानिसलाई डिस्टर्ब चाहिँ हुन्छ ।
निद्रामा बर्बराउने मानिसले निद्रामै अचम्मको व्यवहार देखाउँछ र उसले बर्बराएको प्रस्ट नबुझ्न पनि सकिन्छ । यस्ता मानिसहरू लामो समय चाहिँ बर्बराउँदैनन् । आधी मिनेट जति बर्बराएर उनीहरू चुप लाग्छन् ।
विद्यालय जाने बच्चाहरूमाथि गरिएको एक अध्ययन अनुसार तीनदेखि दश वर्षका बच्चाहरूलाई निद्रामा बर्बराउने बानी हुन्छ । तर दश प्रतिशतभन्दा कम बच्चा दिनदिनै राति बर्बराउँछन् । ठूलो हुँदै गएपछि यो समस्या समाधान हुँदै जान्छ । यसका लागि केही गरिरहनुपर्दैन ।
निद्रामा बर्बराउनुका धेरै कारण हुन सक्छन् । तपाईं धेर तनाव लिनुहुन्छ, डिप्रेसनको शिकार हुनुहुन्छ, रक्सी पिउनुहुन्छ र पर्याप्त सुत्नुहुन्न भने निद्रामा बर्बराउने समस्या आउँछ ।
तपाईंको परिवारमा कसैलाई निद्रामा कुरा गर्ने बानी छ भने तपाईंलाई पनि हुनसक्छ । यसका साथै तपाईंका
मातापितामा यो समस्या थियो भने आनवंशिक रूपमा यो सर्न सक्छ ।
तपाईंलाई निद्रासम्बन्धी रोग छ भने पनि बर्बराउनुहुन्छ । चिकित्सकलाई देखाइहाल्नुस् ।
नडरानुस्, यो कुनै रोग हैन । तर दिनदिनै निद्रामा बर्बराउन थालनुभयो भने चाहिँ मनोविज्ञानवेत्तासँग सम्पर्क गर्नुस् ।
मानसिक तनाव लिने र अत्यधिक सोच्ने बानी हटाउनुभयो भने पनि यो समस्या समाधान हुन्छ । मनलाई शान्त राख्नका लागि नियमित योग र ध्यान गर्नुस् । अनि आफूसँग सुतिरहेको मानिसलाई आफूले बर्बराउनेबित्तिकै उठाइदिन भन्नुभए हुन्छ ।
एजेन्सी
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...