×

NMB BANK
NIC ASIA

खाडी मुलुकमा उद्धारको पर्खाइमा ८४ हजार नेपाली

असोज ७, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

मलेसिया र खाडी मुलुकमा करार अवधि समाप्त भएर घर फर्किने प्रतीक्षामा अझै ८४ हजार नेपाली रहेका छन् ।

Muktinath Bank

हालकै अनुसार उडानको प्रबन्ध भएमा उनीहरूलाई स्वदेश आइपुग्न अझै ३ महिना लाग्ने छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमवार सार्वजनिक गरेको विवरणअनुसार कोरोना महामारीका कारण १ लाख ३३ हजार ४८५ जनाले स्वदेश फर्कनका लागि निवेदन दिएका थिए । जसमध्ये हालसम्म ४८ हजार ८ सय ६५ जना मात्रै फर्किएका छन् । समयमा नै उद्धार हुन नसकेपछि स्वदेश फिर्नेको संख्या दैनिक थपिँदै गएको छ ।


Advertisment
Nabil box
Kumari

राष्ट्रिय मानवअधिकार आयोगले सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई घर फर्काउन यथोचित प्रबन्ध मिलाउन नसकेको ठहर गरेको छ । ‘विदेशमा रहेका नेपालीलाई कति दिनभित्र ल्याउने भन्ने योजना सरकारसँग भएन । उनीहरू कहिलेसम्म यसरी पर्खेर बस्ने हो ?’ आयोगका सदस्य सुदीप पाठकले भने ।

Vianet communication
Laxmi Bank

आयोगले सरकारलाई पूर्ण विवरणसहितको उडान तालिका पेस गर्न भनेको छ । ‘कतिवटा उडान भएमा अहिले प्रतीक्षामा रहेका नेपाली स्वदेश आइपुग्छन्, यसको पनि विवरण मागेका छौं,’ उनले भने, ‘जति ढिलो भयो, त्यति नै जोखिम बढ्छ ।’

सरकारले पीसीआर रिपोर्ट नेगेटिभ आएका यात्रुलाई मात्रै ल्याउने नीति लिए पनि हाल दैनिक १२ देखि १५ सय जना मात्रै आइरहेका छन् । त्यो पनि खाडी तथा मलेसियाबाट मात्रै होइन । पीसीआर रिपोर्ट नेगेटिभ आएकाहरूलाई नेपाल फर्किएपछि क्वारेन्टाइनमा नराखी सिधै होम क्वारेन्टाइनमा पठाइएको छ । विदेशस्थित दूतावास र कम्पनीको क्याम्पमा रहेका कामदारहरूले सरकारविरुद्ध नाराबाजी गरेपछि यसअघि लागू गरिएको दैनिक ५०० जनालाई मात्रै विदेशबाट ल्याउने व्यवस्था हटाइएको थियो ।

खाडी तथा मलेसियास्थित राजदूतहरूले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसमक्ष उडानको संख्या थप्न सरकारलाई पहल गरिदिन आग्रह गरेका थिए ।

सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (यूएई) मा स्वदेश फिर्नका लागि ४८ हजार जनाले दूतावासमा नाम दर्ता गराएका छन् । यूएईबाट हालसम्म २० हजार ६ सय ५७ जना स्वदेश फिरेका छन् । साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले २८ हजार जनाभन्दा बढीले स्वदेश फर्किन निवेदन दिएकोमा १० हजार जनालाई मात्रै पठाउन सकिएको बताए । ‘हामी अहिले गैंडाको छाला ओढेर कुर्सीमा बसिरहेका छौं । घर पठाउन नसकिएपछि श्रमिकहरू दूतावासविरुद्ध विरोधमै उत्रिएका छन् । निःशुल्क र शुल्क जे भए पनि उडान चाहिन्छ,’ उनले भने ।

मलेसियामा १८ हजार जनाले स्वदेश फिर्न आवेदन दिएका छन् । त्यसमध्ये ११ हजार जना फर्किए । राजदूत उदयराज पाण्डेले अझै करीब ८ हजार जनाले स्वदेश फर्किन दूतावासमा नाम दर्ता गराएको बताए । उनका अनुसार स्वदेश फर्किन नाम दर्ता गराएका बाहेक हरेक दिन ३०० नेपालीहरूको भिसा अवधि सकिने गरेकाले पनि उक्त संख्या थपिँदै गएको हो । ‘दशैं र तिहारको समय नजिकिँदै गर्दा पनि यो संख्या बढ्ने भएकाले प्रत्येक साता मलेसियाका लागि १६ वटा नियमित उडान आवश्यक पर्छ,’ उनले भने ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले दूतावासमा स्वदेश फर्किनका लागि नाम दर्ता गराउनेको संख्या ९ हजार २०० भन्दा बढी रहेको बताए । कतारमा दैनिक १५० जनाका दरले स्वदेश फर्किन चाहनेको संख्या बढिरहेको छ । यो संख्या २० हजारभन्दा बढी पुगिसकेको छ । जसमध्ये ९ हजार १७१ जना स्वदेश फिर्ता भएका छन् ।

‘यहाँ क्याम्पबाट बाहिर निस्केपछि ओत लाग्ने ठाउँ अर्को छैन । उनीहरू सडकमा आइपुग्छन् कि भन्ने ठूलो त्रास छ,’ उनले भने । कतारका लागि मात्रै कम्तीमा दैनिक ४ वटा उडान गर्न नसके अहिले थन्किएकाहरू दशैंतिहारमा घर फर्किन सम्भव नभएको उनले बताए ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का सदस्यसमेत रहेका परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेले राष्ट्रिय उडान नभएको देशमा नेपाल एयरलाइन्सलाई प्राथमिकता दिइएको बताए । ‘जुन देशबाट नेपालमा उडान छ, त्यही देशको एयरलाइन्सले उद्धार उडान गर्छ । जुन देशबाट उडान छैन, त्यहाँ नेपाल एयरलाइन्सको उडान संख्या बढाइएको छ,’ उनले भने । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x