मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
विवाह गर्दा कतिपय घरपरिवारले ऋण लिने गर्छन् भने त्यो ऋण तिर्न वर्षाैंसम्म लाग्छ । तर जापानमा पैसा नभएर बिहे गर्न नसकेकाले व्यक्तिलाई सरकारले नै विवाह खर्च दिने भएको छ ।
सरकारी घोषणा अनुसार प्रक्रिया पुर्याएर नाम दर्ता गराउने व्यक्तिलाई जापान सरकारले विवाह खर्चबापत ४ लाख २० हजार रुपैयाँ दिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसरी विवाह गर्ने नवदम्पतीमाथि आर्थिक भार पर्ने छैन ।
जापान सरकारको सहयोग कार्यक्रम आगामी अप्रिल महिनामा मात्रै शुरू हुने गरी घोषणा गरिएको छ । जापानका नागरिकले ढिला बिहे गर्दा वा अविवाहित रहँदा देशको जन्मदरमा प्रभाव परेपछि सरकारले विवाहका लागि सहयोग गर्ने कार्यक्रम ल्याएको हो । सरकारले यो कार्यक्रमबाट विवाहित व्यक्तिको संख्या बढाउन चाहन्छ ।
कूल आय ३८ लाखभन्दा कम भएका र ४० वर्षमुनिका दम्पतीले सरकारी कार्यक्रमबाट लाभ लिनसक्ने जनाइएको छ । ३५ वर्ष उमेरका व्यक्तिको आय ३३ लाखसम्म भएमा आर्थिक सहायता २.१ लाख रुपैयाँ मात्रै दिइनेछ ।
जापानमा प्रायः विवाहित जोडीबाट २ बच्चा हुन्छन् । पछिल्लो वर्षको रेकर्ड अनुसार जापानमा एक महिलाले आफ्नो जीवनकालमा औसत बच्चा जन्माउने संख्या १.३६ थियो । सन् २०१९ मा ८ लाख ६५ हजार बच्चा जन्मिएका थिए । जापानमा आर्थिक संकटका कारण विवाह नगर्ने समस्या रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...