×

NMB BANK
NIC ASIA

सामाजिक सुरक्षाभत्ता दुरुपयोग हुन नदिन साकेलाको अभियान

असोज ७, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

खोटाङको साकेला गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता वितरणमा यसअघि हुँदै आएको अनियमितता रोक्न अभियान शुरू गरेको छ ।

Muktinath Bank

मृत्यु भएका, बसाइँ सरेका, दोहोरो सुविधा लिएका वा अन्य व्यक्तिको नाममा गलत कागजात तयार गरेर सामाजिक सुरक्षाभत्ता दुरुपयोग भएको पाएपछि यसअघि हुँदै आएको अनियमितता रोक्न गाउँपालिकाले अभियान शुरू गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघिसम्म नक्कली कागजात बनाएर सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता गरेको पाइएपछि त्यसलाई रोक्न अभियान थालिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए । ‘मृत्यु भइसकेका व्यक्तिको नाममा, एउटै व्यक्तिको नाम दोहोर्‍याएर, एउटै नागरिकता नम्बर देखाएर र एउटै जन्म मिति उल्लेख गरेर सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेको पाइयो,’ उनले भने, ‘आगामी दिनमा यस्तो हुन नदिन दाबी विरोधका लागि १५ दिने सूचना जारी गरिएको छ ।’


Advertisment
Nabil box
Kumari

गाउँपालिकाले आफ्नो आधिकारिक वेबसाइटमार्फत ५ वटै वडाका सामाजिक सुरक्षाभत्ता पाउने १ हजार २१४ व्यक्तिको नामावली सार्वजनिक गरेको छ । दाबी विरोधका लागि वडा नम्बर–१ बाँझेच्यानडाँडाका ३५५ जना, वडा नम्बर–२ रतन्छाका २९८ जना, वडा नम्बर–३ खिदिमाका १२७ जना, वडा नम्बर–४ मात्तिमका २५९ जना र वडा नम्बर–५ मात्तिमका १७५ जनाको नामावली सार्वजनिक गरिएको गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख डिल्लीमान राईले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

प्रथम चौमासिकमा (साउन–कातिक) कूल १ करोड १९ लाख ३६ हजार सामाजिक सुरक्षाभत्ता निकासा गरिएको गाउँपालिकाले जनाएको छ । अघिल्लो चौमासिकमा १ करोड ६५ लाख सामाजिक सुरक्षा भत्ता वितरण भएकामा ‘नक्कली व्यक्ति’को नाम कटाउन थालेपछि यो चौमासिकमा १ करोड १९ लाख ३६ हजारमा झरेको लेखा शाखाका प्रमुख उत्तम आचार्यले बताए ।

दाबी विरोधपछि सामाजिक सुरक्षाभत्ता पाउने वास्तविक व्यक्तिको निक्र्योल हुने र सामाजिक सुरक्षा भत्ताको मात्रा थप घट्ने सम्भावना रहेको गाउँपालिकाले जनाएको छ । सामाजिक सुरक्षाभत्ता वितरणमा त्रुटि देखिएपछि लगत कटाउँदा वडा नम्बर–१ बाँझेच्यानडाँडामा ४४ लाख वितरण हुने गरेकामा ३६ लाख ५७ हजार रुपैयाँमा झारिएको छ । 

वडा नम्बर–४ मात्तिममा ४२ लाख वितरण हुने गरेकामा हाल २१ लाख २० हजार, वडा नम्बर–५ मात्तिममा ३७ लाख वितरण हुने गरेकामा हाल १९ लाखमा झारिएको छ । अन्य वडाको तुलनामा वडा नम्बर–२ रतन्छा र वडा नम्बर–३ खिदिमामा मात्र सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नामावली यकिन देखिएको पञ्जीकरण शाखा प्रमुख राईले जानकारी दिए ।

१० स्थानीय तह रहेको जिल्लामा सामाजिक सुरक्षा भत्ताको नाममा लाखौं रकम दुरुपयोग हुँदै आएको स्रोतको दाबी छ । यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

स्थानीय वासिन्दाले दिएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाको कागजात नियन्त्रणमा लिएको छ । मृत्यु भइसकेका र बसाइँ सरिसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको भन्दै कार्यालयमा उजुरी परेपछि अख्तियारले कागजात नियन्त्रणमा लिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x