×

NMB BANK
NIC ASIA

टेकुमा बेहाल

कोरोना जाँच्न टेकुमा २ दिनदेखि निमुखाको लाइन, निथ्रुक्कै भिजेर चिसो छिँडीमा बित्यो रात !

असोज ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रौतहटका शुभनारायण पटेल सोमवार नाइट बस चढेर काठमाडौं आए ।

Muktinath Bank

काठमाडौं आउनुभन्दा अगाडि घरबेटीलाई फोन गरेर आफू आउन लागेको जानकारी दिएका थिए, तर घरबेटीले कोरोना परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएको खण्डमा मात्रै घरमा बस्न दिने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार बिहान ५ बजे काठमाडौं झरेपछि उनी कोरोना परीक्षणका लागि बिहान ६ बजे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आएर लाइन बसे । उनी आउँदा लगभग २ सयभन्दा धेरै लाइन बसिसकेका रहेछन् । 


Advertisment
Nabil box
Kumari

पटेल लाइनमा उभिए, बिहानदेखि बेलुकासम्मै कुरे, तर पालो आएन । बिहान र  दिउँसो चाउचाउ खाएर भोक टारे । तर बेलुकासम्म पनि पालो नआएपछि उनी रातभरि अस्पतालको भुइँमा सुते । 

Vianet communication
Laxmi Bank

आज (बुधवार) बिहान २ बजे उठेर लाइनमा बसे तर पनि उनले १४२ नम्बरको टोकन पाएका छन्, तर उनलाई आज पनि पालो आउने विश्वास लागेको छैन ।

मंगलवार रातभरि र बुधवार पनि बिहानैदेखि झरी परेकाले उनीहरू निथ्रुक्कै भिजेर पनि टेकुमा कोरोना परीक्षणको पालो कुरिरहेका छन् । 

बन्दाबन्दीभन्दा अगाडि साइकलमा कपडा बेचेर परिवार पाल्दै आएका पटेल बन्द खुलेपछि छठ मनाउनका लागि केही पैसा कमाउन सकिन्छ कि भनेर आएका रहेछन् । 

कोरोना परीक्षणका लागि लाइनमै भेटिए, भारत मोतिहारीका पान्नालाल साह ।

ललितपुरको सानेपा बस्दै आएका पान्नालालले काठमाडौंमा साइकलमा फलफूल बेच्दै आएका थिए । कोरोना संक्रमण फैलिएपछि उनी भारत फर्किए ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुलेपछि उनी नेपाल फर्किएका छन् ।

सनेपाको एउटा टिनको टहरामा बस्दै आएका उनलाई फलफूल साइकलमा बेच्न कोरोना परीक्षणको रिपोर्ट चाहिने भएपछि परीक्षण गराउन टेकुमा हिजो (मंगलवार) बिहानदेखि लाइन बसेका हुन्, तर अहिलेसम्म पनि उनको पालो आएको भने छैन । 

टेकुमा कोरोना परीक्षण गराउने अधिकांश तराई मूलका

बुधबार सरुवा रोग अस्पताल टेकुमा निःशुल्क कोरोना परीक्षण गर्ने लाइनमा तराईका जिल्लाबाट उपत्यका छिरेकाहरू बढी छन् ।

उपत्यकामा साइकल र ठेलामा व्यापार गर्दै आएका बारा, पर्सा, सर्लाही लगायतका तराईका जिल्लाबाट आउनेहरू लाइनमा भेटिए ।

बुधवारको दृश्य हेर्ने हो भने लगभग ९५ प्रतिशत तराईवासी नेपाली तथा भारतीय नागरिक थिए ।

भारतीयहरू पनि कोरोना परीक्षणका लागि टेकुमा 

टेकुमा कोरोना परीक्षण गर्न लाइन लाग्नेमा भारतीयहरू पनि प्रशस्तै छन् ।

भारतको मोतिहारी घर बताएपनि नाम बताउन नचाहेका एक जनाले आफू बुवाआमा र छोराछोरीसँगै सोमवार वीरगञ्ज नाका हुँदै काठमाडौं आएको बताए ।

काठमाडौंमा साइकलमा कपडा व्यापार गर्ने उनी कोरोना परीक्षणका लागि टेकु आइपुगेका रहेछन् ।

‘उता हामी जस्तो गरीबले कोरोना परीक्षण गर्न कहाँ पाउनु, म नेपाल बस्दै आएकाले बुवाआमा लिएर आएको हुँ,’ ती व्यक्तिले लोकान्तरसँग भने ।

७५ वर्षका बुवा र ७० वर्षकी आमासहित उनी लाइनमा बसेका छन् ।

आइतवार बिहान भारतबाट १६ जनाको टोली काठमाडौं आएको रहेछ । टेकुको एक गार्मेन्टमा काम गर्ने रामजनम साह सहितको टोली गार्मेन्टमै बसेको थाहा पाएपछि स्थानीयले दबाब दिएर कोरोना परीक्षणका लागि टेकु पठाएका रहेछन् ।

लकडाउनको समयमा स्वदेश फर्किएका उनीहरू वीरगञ्ज हुँदै काठमाडौं आएका रहेछन् ।

कोरोना परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा २ दिनदेखि लाइनमा बस्दा पनि उनीहरूको पालो आएको छैन ।

सरकारले कोरोना परिक्षणका लागि निःशुल्क तोकिदिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा टेकुमा कोरोना परीक्षण लामै लाइन थियो ।

सरकारले लामो तथा छोटो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिएपछि देशका विभिन्न भू–भाग र भारतबाट काठमाडौं भित्रिनेको संख्या बढेको छ । त्यसको प्रभाव टेकुको लाइनमा पनि देखिएको छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x