सक्रिय संक्रमितको संख्या २५ हजार पुगे फेरि लकडाउन

काठमाडौं । देशमा सक्रिय संक्रमितको संख्या २५ हजार पुगे फेरि लकडाउन हुने भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव संयोजक रहेको आईसीएसको बुधबार बसेको बैठकले २५ हजार सक्रिय संक्रमित पुगे लकडाउन (बन्दाबन्दी) गर्न सिफारिस गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ ।


Advertisement

बैठकले संक्रमण दर बढेकाले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने सेवा र व्यवसाय १ महिनासम्म नखोल्न सिफारिस गरेको पनि गौतमले बताए । २५ हजार बढी सक्रिय संक्रमित भएमा व्यवस्थापन गर्न असहज हुने भएकाले लकडाउन गर्नुपर्ने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६३७ सहित देशभर भने ११७२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये महिला ४२६ र पुरुष ७४६ जना रहेको गौतमले जानकारी दिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्