×

NMB BANK
NIC ASIA

शैलुङ र होनिकोमाथिको कारबाही उच्च अदालतद्वारा ‘प्रारम्भिक रूपमा’ सदर

असोज ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

समयमै मल आपूर्ति गर्न नसकेका आधारमा दुई ठेकेदारमाथि सरकारले गरेको कारबाहीलाई उच्च अदालत पाटनले ‘प्रारम्भिक रूपमा’ सदर गरेको छ ।

Muktinath Bank

समयमै मल नल्याएपछि कृषि सामग्री कम्पनी लिमिटेडले शैलङ इन्टरप्राइजेज प्रालि र होनिको मल्टिपल प्रालिको बैंक ग्यारेन्टी जफत गर्ने र कालोसूचीमा राख्ने निर्णय गरेको थियो । दुई कम्पनीहरूले कारबाही रोक्नुपर्ने माग राखी दायर निवेदनमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले समयमै मल आपूर्ति नगरेका कारण दुई ठेकेदारमाथि भएको कारबाही ‘स्वाभाविक’ देखिएको भनी टिप्पणी गरेको छ । ‘तोकिएको समयमा मल आपूर्ति गर्न नसकेमा बैंक ग्यारेन्टी जफतको प्रावधान सम्झौतामा नै छ,’ आदेशमा भनिएको छ, ‘सरकारले कपटपूर्ण तरिकाले ग्यारेन्टी जफत गरेको भन्न देखिन नआएकाले अन्तरिम आदेश जारी गर्नुपरेन । भदौ २९ मा जारी भएको अन्तरिम आदेश रद्द गरिदिएको छ ।’


Advertisment
Nabil box
Kumari

एलसी खोलेको खबर गरेको दिनबाट गणना हुने गरी १ सय १० दिनभित्र मल आपूर्ति गरिसक्नुपर्ने सर्त थियो । गत वैशाख ३० मा जानकारी गराएकोमा दुवै कम्पनीले मल ल्याउन सकेनन् । उनीहरूले मल सिपमेन्ट गर्न नसकेको स्विकारेका थिए । तर सरकारले कारबाही गरेपछि भने उनीहरूले कोरोना संक्रमणको जोखिमका कारण काबुबाहिरको परिस्थितिले समयमा मल ल्याउन नसकेको दाबी गरेका थिए ।

Vianet communication
Laxmi Bank

‘सम्झौतापछि महामारी भएको नभई महामारीकै बीचमा सम्झौता भएको देखिँदा,’ आदेशमा भनिएको छ, ‘महामारीका कारण मल ल्याउने दायित्वबाट उनीहरूले उन्मुक्ति पाउन सक्ने अवस्था देखिएन ।’ समयमा मल नल्याउँदा देशभर हाहाकार भई त्यसको प्रयोजनसमेत सकिने अवस्था आएको भन्दै उच्च अदालत पाटनले सहुलियत पाउँदा पनि ती कम्पनीहरूले मल ल्याउन नसकेकाले सम्झौताअनुसार नै सरकारले कारबाही प्रक्रिया थालेको भनी व्याख्या गरेको हो । गत साउन ५ मा सरकारले रासायनिक मल आपूर्तिलाई औषधि सरहकै अत्यावश्यक सेवामा राखेको थियो ।

गत भदौ २९ मा उच्च अदालत पाटनले समयमा मल आयात नगर्ने दुई कम्पनी शैलुङ र होनिकोमाथि कारबाही प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले कारबाही यथास्थितिमा राख्न आदेश दिएको हो । कृषि सामग्री कम्पनीले भदौ २१ मा शैलुङ र होनिकोको ठेक्का रद्द गरी धरौटी रकम जफत गरेको थियो ।

उसले कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो । शैलुङ र होनिको आफ्नो धरौटी जफत गर्न नहुने अनि कालोसूचीमा राख्न पनि नहुने माग राखी उच्च अदालत पाटन गएका थिए । कृषिले कालोसूचीमा राख्न सिफारिस गरेको दुई घण्टा नबित्दै अदालतबाट अल्पकालीन आदेश जारी भएको थियो ।

शैलुङ कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी हुन् । उनी नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटीसमेत हुन । होनिको कम्पनीका ठेकेदार हुमनाथ कोइराला कांग्रेस निकट व्यवसायी हुन् । सस्तो रकम कबोल गरेर ठेक्का पारेका यी कम्पनीले मल आयात नै गरेनन् । मल आयात गर्नकै लागि शैलुङले थप २ वटा टेन्डर पारेको छ । शैलुङले आर्थिक वर्ष ०७७/७८ लागि थप ३० हजार र २५ हजार टन युरिया आयात गर्न ठेक्का पारेको छ । उक्त मल पनि आयात गर्न सक्ने, नसक्ने अन्योल कायमै छ । अब भने मल नल्याए थप कारबाहीका लागि पनि बाटो
खुलेको छ । 

०७६/७७ मा शैलुङ र होनिकोले २५/२५ हजार टन युरिया आयात गर्न ठेक्का पाएका थिए । सम्झैताअनुसार गत भदौ २० सम्म मल नल्याएपछि कृषिले दुबै कम्पनीको ठेक्का रद्द गरी धरौटी रकम जफत गरिसकेको छ । ठेक्का रद्द गरिएको एक सातापछि कालोसूचीमा राख्न पत्रचार गरिएको हो । ‘शैलुङ र होनिको दुवै सप्लायर्सले सम्झैताबमोजिमको कार्य समयमा नगरेकाले सार्वजनिक खरिद ऐनबमोजिम कालोसूचीमा राखी कारबाही गर्नुपर्ने भएकाले आवश्यक कागजात यसै पत्रसाथ संलग्न राखी पठाइएको व्यहोरा अनुरोध छ,’ कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पठाएको पत्रमा भनिएको थियो ।

होनिकोले ७७ लाख ४७ हजार ५ सय अमेरिकी डलरमा २५ हजार मल आयातको सम्झौता गरेको थियो । एक डलरबराबर १ सय २० रुपैयाँ मान्दा यो रकम ९२ करोड ९७ लाख रुपैयाँ हो । होनिकोले त्यसको ५ प्रतिशत हुने ४ करोड ६४ लाख ८५ हजार रुपैयाँ धरौटी राखेको थियो । शैलुङले ८० लाख ६ हजार २ सय ५० अमेरिकी डलरमा २५ हजार टन आयात गर्ने सम्झौता गरेको थियो । उही विनिमय दरमा हिसाब निकाल्दा यो रकम ९६ करोड ७ लाख ५० हजार रुपैयाँ हो । शैलुङले ४ करोड ८० लाख रुपैयाँ धरौटी राखेको थियो । दुवैले ठेक्का पाएको रकम जोड्दा १ अर्ब ८९ करोड रुपैयाँ हुन्छ । दुवैको धरौटी रकम ९ करोड ४४ लाख रुपैयाँ हुन्छ । कृषिले रकम जफत गरेको हो । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x