×

NMB BANK
NIC ASIA

प्रदेश २ मा मृत्युदर उच्च

असोज ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस संक्रमणका कारण प्रदेश २ मा सबैभन्दा बढीको मृत्यु भएको छ । बुधबारसम्म मुलुकमा ४ सय ३६ जनाको कोरोनाले मृत्यु भएको छ । जसमध्ये १ सय २३ जना प्रदेश २ का छन् । यो संख्या कुल मृतकको २८.२१ प्रतिशत हो । मुलुकभर संक्रमित भएकाहरूको मृत्युदर ०.६४ प्रतिशत रहे पनि प्रदेश २ मा ०.८४ प्रतिशत छ ।

Muktinath Bank

पछिल्लो तथ्यांकअनुसार मृत्युदर प्रदेश १ मा ०.७५, वाग्मतीमा ०.७६, गण्डकीमा ०.६६, प्रदेश ५ मा ०.६३ तथा कर्णाली र सुदूरपश्चिममा ०.१५ छ । प्रदेश २ का अस्पतालहरूमा आईसीयू, भेन्टिलेटरजस्ता आधारभूत स्वास्थ्य सुविधा, जनशक्ति र जनचेतनाको कमी, कुपोषण, अत्यन्त ढिलो गरी उपचारका लागि अस्पताल पुग्नुलगायतका कारणले यहाँ कोरोनाबाट हुने मृत्युदर बढी देखिएको विज्ञहरू बताउँछन् । ‘यो प्रदेशमा स्वास्थ्य संरचना, स्वास्थ्य सेवाको उपलब्धता अत्यन्त कम छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक एवं प्रदेश २ का स्वास्थ्य सल्लाहकार डा. जीडी ठाकुरले भने, ‘आमव्यक्तिमा समेत जनचेतनाको कमी छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मानव विकास सूचकांकमा पनि प्रदेश २ धेरै तल छ । धनुषाका कोभिड–१९ संयोजक डा. जामुन सिंहले दक्ष जनशक्तिको अभाव पनि रहेको बताए । प्रदेश २ मा केही साताअघिसम्म एक सयवटा नमुनाको पीसीआर परीक्षण गर्दा ३५–३६ वटाको रिपोर्ट पोजिटिभ आउँथ्यो । तर हाल संक्रमण दर १०–११ प्रतिशतमा झरेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले बताए । ‘यहाँ मृत्युदर बढी देखिनुमा कुपोषणले गर्दा रोग प्रतिरोधक क्षमतामा कमी आउनु, मृत्यु भएकाहरूमा अन्य दीर्घ रोगसमेत हुनु, बूढापाका बढी प्रभावित हुनुलगायत कारणसमेत छन्,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

कोरोना संक्रमितहरू समयमै स्वास्थ्य संस्थामा नपुगेको स्वास्थ्यकर्मीहरू बताउँछन् । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रञ्जित झाले भने, ‘सुरुमै अक्सिजन दिएर उपचार थाल्न पाए मृत्युदरमा उल्लेख्य कमी आउने थियो ।’

Vianet communication
Laxmi Bank

जनघनत्व बढी हुँदा सामाजिक दूरी कायम गर्न असहज भएको विज्ञहरूको तर्क छ । प्रदेशका ८ वटै जिल्लाको सीमा भारतसँग जोडिएकाले लुकीछिपी सीमा प्रवेश हुने गरेकाले पनि संक्रमण नियन्त्रणको प्रयास सफल हुन सकेको छैन । ‘हामीले खुला सिमानामा बढी कडाइ गरे पनि लुकीछिपी ओहोरदोहोर जारी नै छ,’ डा. झाले भने, ‘जसरी भए पनि मुलुक आउनेलाई कम्तीमा १४ दिन घरमै क्वारेन्टाइन बसिदिन सन्देश प्रवाह गरिरहेका छौं ।’

स्थानीय तहबाट कन्ट्याक्ट ट्रेसिङमा तदारुकता नदेखाइँदा पनि समस्या थप झाँगिएको उनको बुझाइ छ । ‘केस इन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ कमजोर भएकाले समस्या छ,’ उनले भने ।

जनकपुरस्थित एक सरकारी अस्पतालमा कार्यरत चिकित्सकले ढिलो गरी कोभिड परीक्षणको नतिजा आउनाले समेत संक्रमणको विस्तार र मृत्युदर बढी भएको बताए । प्रदेश जनस्वास्थ्य प्रयोगशालाको दाबीअनुसार हाल आईसीयूमा भर्ना भएका बिरामी र लक्षण भएका व्यक्तिले ७ घण्टाभित्र स्वाब परीक्षणको नतिजा पाउँछन् । त्यहाँबाट रेफर भएर आएका बिरामीको स्वाब परीक्षणको रिपोर्ट त्यही दिन नभए अर्को दिनसम्म दिने गरिएको छ । तर प्रयोगशालाहरू थप्नुपर्ने देखिएको चिकित्सकहरूले बताउँदै आएका छन् ।

विज्ञहरूले प्रदेश २ मा कोरोना भाइरसको प्रकृति मुलुकका अन्य ठाउँभन्दा खासै फरक नरहेको बताएका छन् । ‘यहाँ कोरोना भाइरस कडा खालको भएको भए मृत्युदरमा धेरैको अन्तर हुन्थ्यो । दशमलवमा अन्तर हुने थिएन,’ प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक एवं भाइरोलोजिस्ट डा. श्रवणकुमार मिश्रले भने ।

वीरगन्जस्थित नारायणी अस्पतालका डा. नीरज सिंहले भने भारतको महाराष्ट्र र गुजरातबाट आएका श्रमिकहरूमा भाइरसको कडा स्ट्रेन पाइएकाले यहाँ मृत्युदर बढी हुनुमा यो पनि कारक हुन सक्ने औंल्याए । हालसम्म मुलुकमा देखिएका कोरोना भाइरसको जेनेटिक (उत्पत्तिसम्बन्धी) अनुसन्धान भएको छैन ।

डा. मिश्रका अनुसार सामान्यतया नेपालमा पाइने कोरोना भाइरस स्थिर छ । देशभर पाइएको कोरोना भाइरसको गुणमा खासै विविधता देखिएको छैन । ‘त्यसैले यो भाइरसबाट उत्पन्न हुने रोगको नरमपना वा कडापना संक्रमितको रोग प्रतिरोधक क्षमता, उमेर र यसअघिदेखि नै दीर्घरोग रहेको स्थितिमा निर्भर गर्छ,’ उनले भने, ‘कोरोना भाइरसको जिनको आनुवांशिक अध्ययन र अनुसन्धान भए मात्र यकिनसाथ यसले उत्पन्न गर्ने रोगको नरमपना वा कडापनाबारे भन्न सकिन्छ ।’कान्तिपुर दैनिकमा अतुल मिश्रले खबर लेखेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x