×

NMB BANK
NIC ASIA

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकै दिन ४८ जना फरार अपराधी पक्राउ गरेको छ ।

Muktinath Bank

जिल्ला प्रहरी कार्यालय स्याङ्जामा प्रमुखको कार्यकाल सम्हालेर गएसँगै प्रमुख प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले जिल्ला अदालतबाट दोषी करार भएका फरार अपराधीको पक्राउ गर्ने अभियान अन्तर्गत आइतवार (असोज ४ गते) एकै दिन ४८ जना फरार अभियुक्त पक्राउ गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसभन्दा २ दिन अगाडि (असोज २ गते) फरार १५ जना एकै दिन पक्राउ गरेका थिए । बोगटीको सक्रियतामा एक हप्तामा ६० जनभन्दा धेरै अपराधी पक्राउ परेका छन् ।


Advertisment
Nabil box
Kumari

अपराध गरेर दोषी करार भइसकेका मानिसहरु पक्राउ नपर्ने र समाजमै रहने प्रवृत्तिले नराम्रो म्यासेज गएको छ । अपराध गरेर पनि उन्मुक्ति पाइन्छ भन्ने गलत मानसिकताले गर्दा अपराधलाई प्रोत्साहन भए जस्तो देखिएकाले स्याङ्जा प्रहरीले अदालतबाट दोषी ठहर भएका अपराधीहरुलाई पक्राउ गर्ने एकहप्ते अभियान लिएको एसपी बोगटीले बताए ।

Vianet communication
Laxmi Bank

‘अपराध गरेर समाजमा खुलेआम हिँड्न पाइन्छ, प्रहरी समाउन आउँदैन भन्ने नकरात्मक सन्देश जाने भएकाले यस्ता अपराधीलाई उत्मुक्ति नदिनको लागि पक्राउ गर्ने अभियान चलाएका हौँ,’ एसपी बोगटीले लोकान्तरसँग भने, ‘यसले गर्दा प्रहरीको शान्ति सुरक्षा कायम गर्ने सवालमा पनि प्रश्न उठ्ने भएकाले अभियान चलाउनुपरेको हो ।’

अपराधी सामाजका अन्य मानिसहरु सँगसँगै जिउन पाउनु भनेको कानूनको धज्जी उडाएको जस्तो भएकाले पनि अपराधीहरुलाई खोजीखोजी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहारी कार्यालयले २०३२ सालमा अपराध गरेकालाई पनि छोडेको छैन । ४५ वर्षअघि  डाँका चोरी गरेर तनहुँको भिमादमा गएर बसेका एक जनालाई पक्राउ गरेको छ । उनलाई ६ बर्ष कैद र ३१ हजार जरिवाना भएको थियो ।

कसरी परे एकै दिन ४८ जना पक्राउ?

जिल्ला प्रहरी कार्यालयले सबै प्रहरी युनिटहरुमा फरार रहेका अभियुक्तको रेकीको लागि एक हप्तादेखिको तयारी थालेको थियो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जामा सरुवा भएलगत्तै प्रहरी उपरीक्षक बोगटीले अदालतबाट फरार रहेका अभियुक्तहरुको सूची तयार पारे । त्यसपछि उनले जिल्ला मातहतका प्रहरी युनिट र कार्यालयमा फरार अभियुक्तको लिष्ट पठाएपछि उनीहरुलाई रेकी गरियो । त्यसपछि उनीहरुलाई पक्राउ गर्न प्रहरी कार्यालय सफल भएको हो ।

यसमा जिल्ला प्रहरी मातहतका सबै प्रहरी कर्मचारीको ठूलो योगदान रहेको एसपी बोगटीले लोकान्तरलाई बताए ।

‘जिल्ला सबै प्रहरी कार्यालयका कर्मचारीको ठूलो योगदान छ,’ एसपी बोगटीले भने ।

पक्राउ परेका अधिकांश अपराधीहरु स्याङ्जा जिल्लाभित्र लुकेर बसेका थिए । भने एकजना हाडनाता करणीमा दोषी कर्ण बहादुर भट्टलाई जिल्ला प्रहरी कार्यालय तनहुँको सहयोगमा कास्की हुँदै स्याङ्जा ल्याइएको थियो ।

फरार अभियुक्तहरुलाई पक्राउ गर्ने अभियान चलाएकाले आगामी दिनहरुमा पनि यस्ता अपराधीहरुलाई कानूनको दायरामा ल्याउने एसपी बोगटीले बताए ।

४५ बर्षदेखी फरार पक्राउ

स्याङ्जा प्रहरीले ४५ बर्ष अगाडि अर्थात २०३२ सालदेखि फरार रहेका लालबहादुर नाम्जालीलाई पक्राउ गरेको छ ।

२०३२ सालमा जिल्ला अदालत स्याङ्जाले डाँका मुद्दामा ६ बर्ष ३१ हजार जरिवाना पाएका नाम्जाली तनहुँको भिमादमा लुकेर बसेका थिए ।

उनले २०३२ सालमा स्याङ्जा हरिनाथ गाउँपालिका–१ साल डाँडामा चन्द्र बहादुर भुजेलको सुन पसलमा डाँका गरेर फरार रहेका थिए । त्यो समयमा उनीसँगै अन्य ७ जनालाई डाँका मुद्दामा दोषी पाइएको थियो ।

त्यसमध्ये २ जना अझै फरार छन् भने अरु सबै पक्राउ परिसकेका छन् ।

फरारपछि भारतमा लुकिछिपी बसेका उनी २०५२ साल देखि तनहुँमा नाम परिर्वतन गरेर बस्दै आएका थिए ।

यस्तै २०५४ साल असार ८ गते जिल्ला अदालतबाट कुटपिट मुद्धामा फैसला सुनाएका भद्रबहादुर खम्चा र हाडनाता करणीमा फैसला सुनाएका कर्णबहादुर भट्टलाई ३२ बर्षपछि पक्राउ गरेको छ ।

२०४५ फागुन १२ गते आफ्नै काकीलाई हाडनाता करणी गरेका ६४ वर्षका कर्णबहादुर भट्टलाई जिल्ला अदालत स्याङ्जाले २ वर्ष कैद सुनाएको थियो ।

त्यसपछि उनी भारतमा लुकेर बसेका थिए । पछिल्लो समयमा आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

बोगटी महानगरीय प्रहरी परिसर काटमाडौंमा कार्यरत रहँदा नेपालमा एटीएम ह्याक गरेर दरबारमार्ग स्थित नबिल बैंकको पैसा ठगी गर्ने चिनियाँ ह्याकरलाई पक्राउ गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x