कांग्रेसको प्रश्न– रिपोर्ट नआउँदै चीनले सीमा मिचेको छैन भन्न हतारो किन ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चीनसँग सीमा समस्या नरहेको भन्ने परराष्ट्र मन्त्रालयको धारणाप्रति चासो व्यक्त गरेको छ ।

हुम्ला जिल्लाको नेपाल–चीन सीमामा नेपाली भूमि मिचिएको हो होइन भन्नेबारे स्थलगत अवलोकनमा गएको टोलीको विवरण आउनुपूर्व नै ‘सीमा मिचिएको छैन’ भन्ने परराष्ट्रको धारणाप्रति कांग्रेसले ध्यानाकर्षण भएको जनाएको हो । 


Advertisement

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले स्थलगत अध्ययन टोलीले सीमा मिचिएको ठहर गरे चीन सरकारसँग कडा विरोध जनाउँदै कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

प्रवक्ता शर्माले स्थलगत अध्ययन टोली नआउँदै ‘सीमा मिचिएको छैन’ भन्ने धारणा सार्वजनिक गर्नु परराष्ट्रको कमजोरी रहेको कांग्रेसको ठहर रहेको बताए । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्