×

NMB BANK
NIC ASIA

नागरिक सत्याग्रहलाई फोटो पत्रकार समूहको साथ

असोज ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नागरिक दैनिकमा कार्यरत श्रमजीवी पत्रकारको पेशागत हकहितका लागि सोही दैनिकमा कार्यरत सुविद गुरागाईँको अगुवाइमा भएको सत्याग्रहमा राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपीजे) ले ऐक्यबद्धता प्रकट गरेको छ ।

Muktinath Bank

विगत चार दिनदेखि आफ्नो श्रमको सम्मान र मासिक तलबका लागि निरन्तररुपमा झरीको पर्वाह नगरी पाँच दिने सत्याग्रह अभियानमा बसेका गुरागाइँ र उक्त दैनिकका श्रमजीवी पत्रकारहरूलाई हौसला र सङ्घर्षका लागि साथ दिन एनएफपीजे नेपालका महासचिव प्रदीपराज वन्तको नेतृत्वमा केन्द्रिय कमिटिका सम्पूर्ण सदस्यहरूको ऐक्यबद्धतामा उपस्थिति रहेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो अवसरमा सम्पूर्ण फोटोपत्रकारको क्यामेरा डाउन गरिएको थियो । समूहका महासचिव वन्तले पत्रकार मात्र नभई कोभिडको क्रममा सधैँ अग्रपङ्क्तिमा रहेर आफ्नो ज्यानको बाजी लगाएर फोटोपत्रकारिता गर्ने कतिपय फोटोपत्रकार पनि ठूला भनाउँदा मिडियाबाट प्रताडित भएको बताए ।


Advertisment
Nabil box
Kumari

उनले मासिक तलब नपाउने, काम गरेर पनि आधा तलब थाप्न बाध्य पार्ने र फोटोपत्रकार क्लबका अध्यक्ष नै यसको चपेटामा परेकाले निरन्तर आन्तरिक सङ्र्घषमा दिनहरु बिताउनु पर्ने भएकाले नै यस सङ्घर्षको कार्यक्रममा फोटोपत्रकारको पनि आवाज अगाडि आवोस् भनेरसाथ दिन आएको बताए।

Vianet communication
Laxmi Bank

आगामी दिनमा पत्रकार तथा फोटोपत्रकारको श्रमको मूल्य र हकहितको लागि दवाब दिन जुनसुुकै सङ्घर्षका कार्यक्रममा ऐक्यबद्धता प्रकट गर्ने उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वसचिव धर्मेन्द्र कर्णको नेतृत्वमा २५ सदस्यीय ‘सञ्चारगृहका पीडित पत्रकार र कर्मचारी संयुक्त सङ्घर्ष समिति’ गठन गरिएको छ ।

अन्नपूर्ण दैनिकबाट पीडित विकास कार्की सहसंयोजक रहेको सो सङ्घर्ष समितिका सदस्यहरुमा कान्तिपुर, अन्नपूर्ण, कारोबार, नागरिक दैनिक तथा एभिन्युज, माउन्टेन टिभी र नेपाल आजलगायतका सञ्चारगृहबाट पीडित पत्रकार तथा कर्मचारीहरु रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x