बलिउडमा फिल्मकर्मी मात्र होइन, क्रिकेट खेलाडीका श्रीमतीहरू पनि तानिए ड्रग्स मुद्दामा

बलिउड अभिनेत्री शार्लिन चोपडाले फिल्म उद्योगमा तेज फैलिरहेको ड्रग्सको मुद्दामा कुरा गर्दै नयाँ खुलासा गरेकी छिन् ।

भारतीय संचारमाध्यम एबीपी न्यूजसँग कुरा गर्दै चोपडाले क्रिकेट खेलाडीका श्रीमतीहरूले पनि ड्रग्स लिने गरेको खुलासा गरेकी हुन् ।


Advertisement

चोपडालाई उदृत गर्दै एबीपी लेख्छ, ‘एनसीबीले जे काम गरिरहेको छ त्यो राम्रो गरिरहेको छ । यिनीहरूले ‘माल’ लिन्छन् । कहिले कतिबेला र कहाँ लिन्छन्, त्यो अब एनबीसीमा गएर बताउँछन् । मैले एउटा पार्टीमा क्रिकेटरहरू, बलिउड अभिनेता र अभिनेत्रीहरू देखेकी थिएँ, सबैले ‘दम मारो दम’ गरिरहेका थिए ।’

उनले आफू जब ट्वाइलेट पुगिन् तब क्रिकेट खेलाडीका श्रीमतीहरूले कोकिन लिइरहेको देखेको बताइन् ।


Advertisement

‘हाम्रो क्रिकेट सुपरस्टारका श्रीमतीहरू सेतो पाउडर या कोकिन लिइरहेका थिए । यो देखेर मलाई अचम्म लाग्यो । फेरि उनीहरू मलाई देखेर मुस्कुराए र म निस्कें,’ चोपडाले दाबी गरिन् ।

बलिउड अभिनेता शुशान्तसिंह राजपूतको आत्महत्यापछि ड्रग्सको मुद्दा पेचिलो बनेको हो । राजपूतकी प्रेमिका रिया चक्रवर्तीले राजपूतलाई ड्रग्स दिने गरेको खुलासा गरेकी थिइन् ।

पछिल्लो समयमा फिल्मकर्मी मात्र होइन, क्रिकेट खेलाडी र उनका श्रीमतीहरू पनि ड्रग्सको मुद्दामा तानिएका छन् ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्