भाडाका सवारी साधनको अनुगमनलाई ट्राफिक प्रहरीले तीव्रता दियो

काठमाडौँ । कोभिड – १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई आजदेखि तीव्र पारेको छ ।

सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको, भिडभाड गरे नगरेको, यात्रुहरूले मास्क लगाएको नलगाएको, बढी भाडा लिए नलिएको, भाईरस संक्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गरे नगरेको जस्ता स्वास्थ्य मापदण्ड पालना नगर्ने ४०० भन्दा बढी भाडाका सवारी साधनलाई सम्झाइबुझाइ पनि गरेको छ ।


Advertisement

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले कोरोनाभाइरसबाट यात्रुमाथि हुने जोखिमलाई मध्येनजर गरी उपत्यकाका मुख्य मुख्य बसपार्क एवम् भिडभाड हुने क्षेत्रमा चेकप्वाइन्टमा राखि सवारी साधनहरुले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको अनुगमनलाई तीव्रता पारेको जानकारी दिए ।

ढकालले यदि भाडाका सवारी साधनले स्वास्थ्य प्रोटोकल पालना नगरेको वा तोकिएको भन्दा वढी भाडा लिएमा नजिकको ट्राफिक प्रहरी वा ट्राफिक प्रहरीको हटलाईन १०३ मा फोन गर्न आग्रह गरे ।


Advertisement

महाशाखाले यातायात व्यवसायी तथा सञ्चालकहरुलाई बोलाएर सवारी साधनमा यात्रुको सुरक्षामा ध्यान दिन, स्यानिटाईजेसनको व्यवस्था गर्ने, नियमित सरसफाई गर्न, यात्रुहरूको सुविधाको लागि प्रर्याप्त सवारी साधनहरू चलाउन, सवारीमा यात्रुहरू कोचिएर नराख्न वा सिट क्षमताअनुसार मात्र यात्रु राख्न लगायत स्वास्थ्य मापदण्ड पालना गराउन सहमति गराइसकेको महाशाखाले जनाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्