कोरोना संक्रमितका हिसावले चीन विश्वको ४३ औं स्थानमा, नेपाल ५१ औं

काठमाडौं । कोरोना संक्रमित धेरै भएको देशको सूचीमा चीन विश्वको ४३ औं स्थानमा रहेको छ । कोरोनाभाइरसको उद्गमस्थल मानिएको चीनमा पछिल्लो महिना खासै संक्रमण फैलिएको बाहिर आएको छैन । हालसम्म चीनमा ८५ हजार ३१४ जनामा संक्रमण पुष्टि भएको छ भने आज जम्मा ७ नया संक्रमित थपिएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।
जवकी नेपालमा आज १४९७ जनामा संक्रमण पुष्टि भएको छ । धेरै संक्रमित रहेको देशको ५१ औं स्थानमा रहेको नेपालमा हालसम्म ६९ हजार ३०१ जनामा संक्रमण पुष्टि भएको छ ।हालसम्म अमेरिकामा संक्रमितका हिसावले पहिलाे स्थानमा रहेकाे छ ।

 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्