×

NMB BANK
NIC ASIA

जोखिमको बेवास्ता गर्दा पहिरोले १० को मृत्यु

असोज ९, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels
Marvel

पहिरोले थिचिएको छिमेकीको घरभित्रबाट ‘गुहार, गुहार’ को आवाज आएपछि दुर्गा लुइँटेल झसंग भए । एकछिनसम्म केही मेसो पाएनन् । ‘बचाऊ, बचाऊ’ भन्दै चलेको रुवाबासी बाहिरैसम्म सुनिन्थ्यो ।

Muktinath Bank

उनीसँगै भएका अरू छिमेकीले पनि यताउता हेरे । उद्धार गर्ने ठाउँ भेटिएन । यत्तिकैमा लुइँटेलको खुट्टा कसैले समात्यो । टिन उठाएर हेर्दा १६ वर्षीया मनीषा नेपाली आधा पुरिएको अवस्थामा भेटिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार बिहान खसेको पहिरोमा घरसँगै पुरिएका एकै परिवारका १० जनामध्ये मनीषाको मात्रै उद्धार भएको छ । अन्य ९ जनाको मृत्यु भएको छ । मनीषाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको स्याङ्जा प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बताए । उनको दाहिने खुट्टा भाँचिएकाले बिहीबारै शल्यक्रिया गरिसकिएको छ ।


Advertisment
Nabil box
Kumari

६० वर्षकी सानी नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षका दीपक, २१ वर्षीय कुलदीप, १९ वर्षीया विनीता, १४ वर्षका विक्रम,
९ वर्षका विवश, २८ वर्षकी उमाकला र ७ महिनाका समीर नेपालीको घटनास्थलमै मृत्यु भएको हो । सानी र माया धनबहादुर नेपालीका श्रीमती हुन् । उनीहरू माइतीमा पनि एकैघरका दिदीबहिनी हुन् ।

Vianet communication
Laxmi Bank

धनबहादुरको १० वर्षअघि मृत्यु भएको थियो । दीपक, कुलदीप, विक्रम र विवश मायाका छोरा हुन् । विनीता कुलदीपकी श्रीमती (मायाकी बुहारी) र समीर छोरा हुन् । उमाकला सानी र मायाकी बहिनी हुन् ।

मायाका माइला छोरा भोजराज रोजगारीको सिलसिलामा भारतको मुम्बईमा बस्दै आएका छन् । एसपी बोगटीका अनुसार कुलदीप र विनीता भैरहवा बस्दै आएका थिए । उनीहरू बिहीबार भैरहवा जाने योजनामा थिए । कुलदीप भैरहवामा गाडी चलाउँथे । घाइते मनीषा मायाकी छोरी हुन् ।

लुइँटेलका अनुसार बिहान पौने ६ बजेतिर पानी झमझम परिरहेको थियो । एक्कासि ठ्लूो आवाज सुनियो । बाहिर निस्केर हेर्दा मायाको घर पहिरोले पुरिइसकेको थियो । हारगुहार गर्दै उनी र अन्य २०/२२ छिमेकी घटनास्थल पुगे । ‘पुरिएको घरभित्रबाट ‘गुहार गुहार, बचाऊ बचाऊ’ आवाज आएको थियो, रुवाबासी पनि सुनिन्थ्यो,’ उनले भने, ‘कतै प्वाल भेटिएर उनीहरूलाई निकाल्न सकिन्छ कि भनेर प्रयास गरियो तर सकिएन ।’

भित्रको आवाज १० मिनेटपछि ओझेल परेको उनले बताए । ‘जिन्दगीमा यस्तो घटना पहिलो पटक व्यहोर्नुपर्‍यो,’ प्र्वूजनप्रतिनिधिसमेत रहेका ५० वर्षीय लुइँटेलले भने, ‘एक जनाबाहेक अरूलाई बचाउन नसक्दा थकथक लागिरहेछ ।’ झन्डै एक घण्टाको प्रयासबाट मनीषालाई जीवितै उद्धार गरिएको उनले बताए ।

भिरालो जमिनमा ढुंगामाटोको एकतले घर बनाएर बसेका नेपाली परिवारलाई डाँडा चर्किएर कुनै पनि बेला पहिरो खस्ला भन्ने डर थियो । यही डरले उनीहरूले गत वर्षायाम स्थानीय एक विद्यालयमा गुजारेका थिए । यसपालि पनि छिमेकीका घरमा सुत्दै आएका थिए । असोज लागेपछि घाम लाग्न थालेको थियो तर बुधबार बिहानैदेखि पानी पर्‍यो । तैपनि उनीहरू राति घरमै सुते । ‘पानी परिरहेको छ, दिउँसो घरमा बसे पनि रातिचाहिँ नबस्नु है भनेर मायालाई सम्झाएको त थिएँ, आज यस्तो भयो,’ लुइँटेलले भने ।

स्थानीय किरण न्यौपानेले घर पहिरोको जोखिममा छ भन्ने सबैलाई जानकारी भए पनि अन्यत्र जाने ठाउँ नभएपछि जोखिम मोलेर बस्न बाध्य भएको बताए । ‘नगरपालिकाले उच्च जोखिमका बस्तीलाई बेवास्ता गर्दा यो अवस्था आयो,’ उनले भने, ‘जिल्ला प्रशासनले पनि खासै चासो देखाएन ।’

घरमाथिबाट खनिएको ग्रामीण सडकका कारण डाँडा चर्किएको छ । गत वर्ष पनि त्यस स्थानमा पहिरो खसेको थियो । डाँडा चर्किएको र कुनै पनि बेला पहिरो खस्न सक्ने जिल्ला प्रशासन, नगरपालिका, प्रहरीलगायतलाई पनि थाहा थियो तर घरपरिवार सार्नेतर्फ कसैले चासो दिएनन् । खालि घरमा नबस्न र अन्यत्र सर्नमात्रै भनिरहे । स्थानीय कल्पना अर्यालका अनुसार घरमाथि सडक र सडकमाथि खरबारी छ ।

खरबारीबाट पहिरो खसेको हो । ०६७/६८ मा खनिएको वालिङ–भुर्मे–अर्यालडाँडा–डुम्रेभन्ज्याङ–हुवास ग्रामीण सडक दुई वर्षअघि चौडा गरिएको थियो । त्यसपछि डाँडा चर्किएको हो । ‘सडककै कारण एउटै परिवारमा यति ठ्लूो बज्रपात भयो,’ उनले भनिन्, ‘त्यहाँका ३/४ घर र गायडाँडाको ३० वटा घर जोखिममा छन् । उनीहरूलाई तत्कालै सार्नुपर्छ ।’

त्यसैगरी कालीगण्डकी गापा–४ गौतमडाँडामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । बुधबार राति २ बजे खसेको पहिरोमा १६ वर्षीय विष्णु दमाईको मृत्यु भएको एसपी बोगटीले बताए । पहिरोका कारण स्थानीय बाबुराम र जगतबहादुर दमाईको घर प्र्णू रूपमा क्षति भएको छ । विष्णु बाबुरामका छोरा हुन् । पोस्टमार्टमका लागि मृतक १० जनाकै शव प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याइएको थियो ।

पोस्टमार्टमपछि सबैको साम्हूिक रूपमा रामनदीधाम राम्दीमा दाहसंस्कार गरिएको छ ।

तमादीको पहिरोका कारण उच्च जोखिममा परेका दुई घरका १२ जनालाई बिहीबार स्थानान्तरण गरिएको जिल्ला प्रहरी प्रमुख बोगटीले बताए । स्थानीय गिरबहादुर खनाल र राजु खनालको परिवारलाई सारिएको हो । उनीहरूको घर बिहीबार बिहान पुरिएको माया नेपालीको घरभन्दा तल छ । ‘उनीहरूलाई केही पर सरकारी विद्यालयमा सारिएको छ,’ उनले भने, ‘नगरपालिकाबाट स्थायी व्यवस्थापन गर्ने कुरा भइरहेको छ ।’

वालिङ नगरप्रमुख दिलीपप्रताप खाँडले पटकपटक पहिरो खस्दा तीन वर्षदेखि तमादीको सिंगो बस्ती जोखिममा रहेको बताए । ‘यो बाटो सडक विभागले खनेको हो,’ उनले भने, ‘हामीले बस्ती जोखिममा छ भनेर बारम्बार कुरा उठाउँदै आएका थियौं, सडकले वाल लगाइदिन्छौं भन्यो । वाल त लगाइयो तर घरनजिक होइन, अन्यत्रै ।’ मृतक मायाले पनि घर पहिरोको जोखिममा पर्छ भनेर सडक खन्न बारम्बार अवरुद्ध गर्दै आएको उनले बताए । प्रदेश र संघले सडक ९ मिटर चौडा बनाउँदा ठाउँ नै नरहेको र ठेकेदारको मनपरी पनि उस्तै रहेकाले यस्तो समस्या आएको खाँडले बताए ।

यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले परिवार गुमाउने तथा प्रभावित परिवारको तत्काल उद्धार, राहत र पुनःस्थापनामा तदारुकतासाथ प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । कान्तिपुर दैनिकमा प्रतीक्षा काफ्ले र लालप्रसाद शर्माले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x