×

NMB BANK
NIC ASIA

‘जहाँ भीड, त्यहीं संक्रमण विस्तार’

असोज ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मुलुकमा कोभिड–१९ का कुल संक्रमित र सक्रिय संक्रमितमध्ये करिब एक तिहाइ वाग्मती प्रदेशमा रहेका छन् । पछिल्लो समय हरेक दिन संक्रमण पुष्टि भएकामा आधाजसो काठमाडौं उपत्यकाका हुने गरेका छन् । बिहीबार १ हजार ४ सय ९७ नयाँ संक्रमित देखिएकामा उपत्यकाका ७ सय ५५ जना छन् । जुन कुल संक्रमितको ५०.४३ प्रतिशत हो ।

Muktinath Bank

निषेधाज्ञा सकिएको केही दिनमै उपत्यकामा संक्रमणको दर तीव्र रूपमा वृद्घि भएको छ । सडक, कार्यालय, बजार, सार्वजनिक स्थलमा भीड बढेको छ । राजधानीका बासिन्दाले जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा कोभिड–१९ संक्रमणको विकराल स्थिति देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । ‘जहाँ भीड, त्यहाँ संक्रमणको विस्तार भएको छ,’ उनले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य मन्त्रालयले सेवा सञ्चालन गर्दा तोकेको स्वास्थ्य मापदण्ड पूरा नगरे स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने चेतावनी दिए पनि प्रभाव देखिएको छैन । बिहीबार संक्रमणको दर १३.०७ प्रतिशत छ अर्थात् एक सय जनाको परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको छ ।


Advertisment
Nabil box
Kumari

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार संक्रमणबाट भएको कुल मृत्युमध्ये एक तिहाइभन्दा बढी ३७.८ प्रतिशत वाग्मती प्रदेशमै छ । उपत्यकाको मात्रै २६.९३ प्रतिशत र काठमाडौं जिल्लाको १८.९८ प्रतिशत हिस्सा छ । हाल देशभरमा १८ हजार ४ सय ३७ जना सक्रिय संक्रमित छन् । वाग्मती प्रदेशमा सक्रिय संक्रमित ५८.८२ प्रतिशत छन् । उपत्यकामा कोभिड संक्रमित ४९.९५ प्रतिशत छन् ।

Vianet communication
Laxmi Bank

काठमाडौंमा मात्र ४१.१० प्रतिशत सक्रिय संक्रमित छन् । संक्रमण फैलिँदै गए पनि बैंक, सरकारी कार्यालय, विभिन्न संस्थान, यातायात, सपिङ मल, बजारलगायतमा भीड नियन्त्रित र अनुशासित हुन सकेको छैन ।

‘जहाँ भीड छ, त्यहाँ संक्रमणको विस्तार द्रुत छ । भीडका कारण केही समयमै धेरै संक्रमित हुन्छन्,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने, ‘भीडको फरक संक्रामक विज्ञान हामीले बुझ्न सकेका छैनौं ।’

उपत्यकामा घरबाहिर निस्कँदा जनस्वास्थ्यको मापदण्ड पूरा नगरे संक्रमणको विस्तार अझ भयावह हुने चेतावनी उनले दिए । ‘सामाजिक दूरी कायम राख्दै लाइनमा बसेर सेवा प्रवाह हुने अवस्था अझै देखिएको छैन,’ डा. मरासिनीले भने, ‘सपिङ मलमा समेत एक ढोकाबाट पसेर अर्को ढोकाबाट निस्किने व्यवस्था मिलाउनुपर्ने हो ।’ सार्वजनिक यातायात सञ्चालनले संक्रमणको जोखिम अझ बढ्ने भएकाले यसमा थप स्वास्थ्य सुरक्षा आवश्यक रहेको उनले बताए । ‘जति सानो सार्वजनिक सवारीसाधन, त्यति बढी संक्रमणको जोखिम हुन्छ,’ उनले भने, ‘सम्भव भएसम्म सार्वजनिक सवारीसाधन प्रयोग गर्नु हुँदैन ।’

सहप्रवक्ता डा. अधिकारीले पनि अत्यावश्यक काम नभएसम्म घरबाहिर ननिस्कनुपर्नेमा जोड दिए । ‘घरबाहिर निस्किनै पर्दा मास्क लगाउनुपर्छ, सम्भव भएसम्म दुई मिटरको सामाजिक दूरी कायम राख्दै नियमित रूपमा हातको सफाइमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘खोक्दा, हाच्छिउँ गर्दा रुमाल वा कुमको प्रयोग गर्नुपर्छ ।’ सरकारले तोकेको जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्नेमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ एवं कोभिड फोकल पर्सन महेन्द्रप्रसाद श्रेष्ठले पनि जोड दिए ।

‘कार्यालय, काम गर्ने ठाउँ, मान्छे पुग्ने ठाउँमा हावाको ओहोरदोहोर (भेन्टिलेसन) प्रशस्त हुनुपर्छ । बन्द कोठा हुनुभएन,’ उनले भने । नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ सय ५७ जना संक्रमित निको भएर घर फर्किएसँगै निको हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको हो । यो कुल संक्रमितको ७२.७४ प्रतिशत हो । कान्तिपुर दैनिकमा अतुल मिश्रले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x