×

NMB BANK
NIC ASIA

लगातारको वर्षाले व्यापक क्षति

असोज ९, २०७७

NTC
Sarbottam
सांकेतिक तस्वीर
Premier Steels
Marvel

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयता परेको अविरल वर्षाका कारण बारा, पर्सा तथा रौतहटमा व्यापकरूपमा घर, धान तथा तरकारी बालीलाई क्षति पुर्‍याएको छ ।

Muktinath Bank

अविरल वर्षाले बारामा आठ घर भत्किएको छ भने हजारौँ हेक्टरमा लगाइएको धान तथा तरकारी बाली नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले वर्षाले कुल्हबी नगरपालिका–७ महुआसपुरका देवराज मुखियाको कच्ची घर भत्किएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी बाराको पचरौता नगरपालिका–१ पिपरपातीका बुनिलाल पसवानको, सोही ठाउँका सुरेन्द्र पासवानको, सिम्रौनगढ नगरपालिका–८ कचोर्वाका छविलाल यादवको र गढीमाई नगरपालिका–४ मलाहीका राअसिस साह कानुको घर भत्किएको छ । महागढीमाई नगरपालिका–२ रामनाथ कुशवाहाको घर भत्किएको छ । घरबारविहीन भई ओत लाग्ने ठाउँ नभएकाले छिमेकीको घरमा बास बस्न बाध्य भएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

पर्साको ठोरी गाउँपालिका–१ बस्ने रामाकुमारी कुवँरको पक्की घर वर्षाले भत्काउँदा रु आठ लाख बराबरको क्षति भएको छ । कुवँरले घर भत्किँदा घरका सबै सामान क्षति भएको, बस्ने ठाउँ नहुँदा छिमेकी सुभद्रा रिमालको घरमा शरण लिएको बताइन् । वर्षाले व्यापक क्षति भए पनि मानवीय क्षति नभएको ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

यसैगरी वर्षाले रौतहटको लालबकैया, वाग्मती, झाझर खोला र चाँदी खोलामा पानीको बहाव उच्च भएपछि बौधीमाई, परोहा, इशनाथ, राजपुर र कटहरीया नगरपालिकाका अधिकांश भूभाग जलमग्न भएपछि त्यहाँका धान तथा तरकारी बालीमा क्षति भएको स्थानीय प्रहरीले जनाएको छ ।

अविरल वर्षाले कच्ची सडक हिलाम्य भएपछि मानिसलाई आवतजावतमा समस्या परेको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x