×

NMB BANK
NIC ASIA

कोरोना प्रभावितद्वारा व्यवसायका लागि आवेदन

असोज ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कञ्चनपुरको कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा एक हजार ५०० बढी व्यवसायीले   आयमूलक कामका लागि आवेदन दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना प्रभावित व्यक्तिलाई आयमूलक काममा लगाएर स्वरोजगार बनाउने भनेपछि सो आवेदन परेको हो । 

Muktinath Bank

प्रदेश सरकारले कोरोना महामारी प्रभावितमध्ये नौ हजारलाई तत्काल स्वरोजगार बनाउने भन्दै आवेदनका लागि २१ दिनको समयावधि दिएको थियो । बङ्गुर, बाख्रा, कुखुरा र माछापालनलगायतका व्यवसाय गर्न एक हजार दुई जनाले आवेदन दिएका छन् । पशु सेवा केन्द्रका प्रमुख डा पानसिंह ठगुन्नाले  कञ्चनपुरका सबै पालिकामा आवेदन लिइएको बताउँदै सबै विवरण आउन बाँकी रहेको जानकारी दिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“पालिकामा आवेदन सङ्कलनको काम भइरहेको छ”, उहाँले भन्नु्भयो, “आवेदन दिनेमा भारत र तेस्रो मुलुकबाट कोरोना प्रभावित भएर आएका बढी छन् ।” कञ्चनपुरका नौवटै स्थानीय तह र कृषि ज्ञान केन्द्रमा कृषितर्फ व्यवसाय गर्न चाहनेले आवेदन दिएको ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टले ज्ञान केन्द्रमा ३३१ कोरोना प्रभावितले व्यवसाय गर्न आवेदन दिएको बताए।


Advertisment
Nabil box
Kumari

“नगरपालिकामा कृषितर्फको आवेदन सङ्कलन भएको छ”, उनले भने, “सबैतिरको विवरण सङ्कलन हुँदैछ ।” सो केन्द्रमा आएका आवेदनमा तरकारी र च्याउ खेती गर्न धेरैले इच्छा देखाएका छन् । मन्त्रालयले कृषि तथा पशुपन्छी विकास कार्यक्रममा सहभागी हुन कोरोना प्रभावित व्यक्तिलाई आवेदन दिन असोज ६ गतेसम्म समय दिएको थियो ।

Vianet communication
Laxmi Bank

मन्त्रालयले जारी गरेको सूचनाअनुसार फलफूल, तरकारी, च्याउ खेती, मौरी, भेडा, बाख्रा, बङ्गुरपालन, गाईभैँसी, माछा, स्थानीय कुखुराहाँस र अन्य मासुजन्य पन्छीपालन, नर्सरी, पुष्प व्यवसाय र अन्य गरी १० थरी कृषि क्षेत्रमा काम गर्न इन्छुक व्यक्तिलाई स्वरोजगार बनाउने लक्ष्य रहेको छ ।

प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत गोकुलप्रसाद बोहराले कोरोना प्रभावितलाई स्वरोजगार बनाउन यहाँका ८८ वटै स्थानीय तह र जिल्लाका कृषि र भेटेरिनरीमा आवेदन दिन लगाइएको बताए । “हाम्रो प्रदेशमा कतिले आवेदन दिए त्यो सबैतिरको विवरण सङ्कलन हुँदैछ”, उहाँले भन्नुभयो, “सबै विवरण आउन चार÷पाँच दिन लाग्छ ।”
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x