रकुलप्रीतले स्विकारिन् रियासँगको ड्रग्स च्याट, भनिन् यस्तो

 बलिउडमा ड्रग्स मुद्धा निकै नै चर्चित बनेको छ । शुक्रवार एनसीबीले रकुलप्रीत सिंहसँग सोधपुछ गरेको छ । 

रकुलप्रीतले भने रिया चक्रवर्तीलाई दोषारोपण गरेकी छन् । 


Advertisement

एनसीबीसँग रकुलले आफूले लागुपदार्थ सेवन नगर्ने बताएकी छिन् । तर एनसीबी यसमा विश्वस्त नभएको स्रोतको हवाला दिँदै भारतीय मिडियाहरूले समाचार लेखेका छन् । 

रकुलले लागूपदार्थ सेवन गर्नेहरूसँग सम्बन्ध राख्न पनि अस्विकार गरेकी छन् । 


Advertisement

रकुलले सन् २०१८ मा रियासँग ड्रग्स च्याट भएको भने स्विकारेकी छिन् । ​रियाले च्याटमा ड्रग्स मागिरहेको एनसीबीलाई बताएकी छिन् । 

रियाको ड्रग्स उनको घरमा रहेको समेत बताइएको छ । उनीसँगको सोधपुछमा यती कुरा आएपछि एनसीबीको टोलीले उनले बताएको कुराको सत्यता जाँच्नेछ, अनुसन्धान गर्ने छ । 

उनीमाथिको अनुसन्धान जारी रहने समेत एनसीबीले बताएको छ ।  
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्