×

NMB BANK
NIC ASIA

बलिउडमा जातभातको लडाइँ : कंगनाले खोलिन् मोर्चा

असोज ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सुशान्त सिंह राजपूतको आत्महत्या, कंगना रनावतले शिवसेना सरकारविरुद्ध खोलेको मोर्चा र बलिउडको कथित लागूऔषध संस्कृति कोरा राजनीति हैन । यसमा जातको आयाम पनि गहिरो गरी जोडिएको छ । 

Muktinath Bank

सुशान्त र कंगना बलिउडमा क्षेत्री समुदायका कलाकार हुन् । क्षेत्रीय भाषाका फिल्म उद्योगविपरीत बलिउडमा ब्राह्मण, बनिया, कायस्थ, खत्री र मुल्लाहरूको कट्टरपन्थी पकडबाट उम्केका केही मुसलमानहरूको कब्जा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्षेत्री ऐतिहासिक समयदेखिकै शासक वर्ण हो । भारत स्वतन्त्र भएपछि यो वर्ण आधुनिक, अंग्रेजीभाषी तथा पश्चिमीकृत समुदायका रूपमा अघि बढेन । केही समय अघिसम्म मात्र पनि ऊ रूढिवादी नै थियो । बलिउड अंग्रेजी शिक्षा पाएका अनि हिन्दी र अंग्रेजी बोल्ने मानिसहरूको सञ्चालनमा रहेको पश्चिमीकृत पूँजीवादी संस्कृति सहितको आधुनिक उद्योगका रूपमा विकसित भयो । 


Advertisment
Nabil box
Kumari

आरम्भदेखि नै हिन्दी फिल्म उद्योगले मनोरञ्जन तथा उत्पादनका विभिन्न स्वरूपमा हलिउडको अनुकरण गरिरह्यो । आधुनिकताको ढोङ गरे पनि यसको अन्तर्य निकै पश्चगामी छ । अधिकांश शीर्ष अभिनेता र निर्देशकहरू पश्चिमका बारेमा जानकार छन् यद्यपि निर्माताहरू विभिन्न पृष्ठभूमिका छन् । यसले विदेशमा जन्मेका पुरुष र महिलालाई अभिनेता र प्राविधिकका रूपमा खुला रूपले स्वागत गर्ने गरेको छ । यस्ता कुराले यसलाई विश्वग्रामको आयाम दिएको छ । 

Vianet communication
Laxmi Bank

ब्राह्मण, बनिया, कायस्थ र खत्रीहरू फिल्म उद्योगमा छिट्टै हावी भए । राष्ट्रिय स्वयंसेवक संघको आशीर्वादप्राप्त भारतीय जनता पार्टी सन् २०१४ मा सत्तामा आएपछि बलिउडमा सांस्कृतिक द्वन्द्वको स्थिति छ र केहीले सुदृढ हिन्दूत्व अडान लिए । नत्र त बलिउड संस्कृति जहिले पनि हिन्दूत्व संस्कृतिका ठेकेदारसँगको संघर्षमा रहन्थ्यो । तैपनि अझै धेरै मानिसहरू साम्प्रदायिकता, धार्मिक रूढिवाद र संस्कृति सुपरीवेक्षणलाई सहज मान्दैनन् । 
क्षेत्रीहरू यस उद्योगबाट टाढै रहे किनकि उनीहरू आफ्नै समान्तवादी हिन्दू संस्कृतिमा खुम्चिए । क्षेत्राणीहरू अहिले पनि अन्य द्विजहरूको तुलनामा बढी नै पुरुषको नियन्त्रणमा छन् । 

अंग्रेजी माध्यमको शिक्षा लिन हिचकिचाएकाले क्षेत्रीहरू सामाजिक उच्चताबाट तल झरे जबकि अन्य द्विजहरू ब्राह्मण, बनिया, कायस्थ र खत्रीले फाइदा उठाए । यसले क्षेत्रीहरूको राजनीतिक अवसरलाई पनि असर पार्‍यो । 
क्षेत्रीहरूले समुदायका रूपमा आफूलाई संगठित गरिरहेका छन् र पीडितको संकथनबाट आफूलाई क्रमशः मुक्त गर्दैछन् । उनीहरूले श्री राजपुत करनी सेना बनाएका छन् । उक्त समूहले पद्मावत फिल्मविरुद्ध व्यापक प्रदर्शन गरे । त्यसमा (सारस्वत ब्राह्मण) दीपिका पादुकोणले अभिनय गरेकी थिइन् । 

अहिले करनी सेना कंगनालाई ‘सुरक्षा’ दिन मुम्बई पुगेको छ जबकि उनलाई केन्द्रीय प्रहरीको सुरक्षा प्राप्त छ र योगी आदित्यनाथले त्यसको समर्थन गरेका छन् । कंगना रनावतले शिवसेनाको सामना गर्नका लागि भाजपाको समर्थन हासिल गर्नु सही हुने थाहा पाइन् । (महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेको परिवार चन्द्रीयसेना कायस्थ हो तर यस क्षेत्रीय दलले मराठा र पिछडिएका जातिको पनि बलियो समर्थन पाएको छ ।)
 

कंगनाले आफ्नो करीयरको शुरूआती वर्षमा अंग्रेजी खर्र बोल्न नजान्ने अनि सानो शहरबाट आएकाले बलिउडमा नटिक्ने बताएकी थिइन् । तर अहिले उनी बंगाली ब्राह्मण रिया चक्रवर्ती अनि कायस्थसँग विवाह गरेकी ब्राह्मण अभिनेत्री जया बच्चनलाई पनि आक्रमण गर्छिन् । 
 

कंगनाले कांग्रेसविरोधी अडान लिएकी छन् र बलियो राष्ट्रवादी हिन्दुत्व छवि बनाएकी छन् । उनले शिवसेनालाई सोनिया सेना भनी सम्बोधन गर्ने गरेकी छन् । 

फिल्म मणिकर्णिकामा कंगनाले झाँसीकी रानी लक्ष्मीबाईको भूमिका निर्वाह गरिन् । उनले ऐतिहासिक लक्ष्मीबाईलाई सुधारवादी तथा क्षेत्रीय महिलाहरूको नारीवादी आदर्शमा परिणत गराइन् । लक्ष्मीबाई ब्राह्मण परिवारमा जन्मेको भए पनि विवाहपछि क्षेत्राणी बनिन् र कंगनाले त्यस तथ्यलाई आफ्नो भूमिकामा चतुरताका साथ प्रतिबिम्बित गरिन् । 

उनी मोडलिङ र चलचित्र क्षेत्रमा परिवारले विरोध गरे पनि लागेकी हुन् जबकि दीपिका पादुकोण र प्रियंका चोपडाका परिवारले मन परेको करीयर छान्न प्रोत्साहन गरेका थिए । कंगनाको परिवार दीपिका, प्रियंका, ऐश्वर्या राय र शिल्पा शेट्टी जस्ता अभिनेत्रीको परिवार झैं पश्चिमी जीवनशैलीमा ढलेको छैन । 
 

कंगना शासक वर्गका रूपमा ऐतिहासिक प्रख्याति पाएको क्षेत्री समुदायकी महिला हुन् र यो समुदायले कुनै पनि आधुनिकतालाई घृणा गर्छ । अन्य द्विज तथा मुसलमान जस्तो क्षेत्रीहरूले बलिउडमा ठूलो लगानी गरेका छैनन् । कंगनालाई अहिलेको राजनीतिक स्थितिले बहादुर बनाएको हो । 

योगी आदित्यनाथले मुम्बईको महत्त्व घटाउनका लागि उत्तर प्रदेशमा फिल्म सिटी बनाउन खोजिरहेका छन् । कंगना पनि राष्ट्रिय फिल्म उद्योगमा बलिउडको एकाधिकार तोड्न चाहन्छिन् । एकल हिन्दूत्व राष्ट्रवादी विचारधारा सहितको फिल्म उद्योग बनाउने यो नौलो रोडम्याप हैन । एक देश, एक सांस्कृतिक राष्ट्रवादको परियोजनाको एक हिस्सा हो यो । यसका लागि कंगना सर्वाधिक उपयुक्त पात्र हुन् । 
 

कंगना उदीयमान नायिका तथा निर्मात्री हुन् र उनलाई पूरा क्षेत्री समुदायको समर्थन छ । क्षेत्री समुदाय सुशान्त सिंह राजपूतको मृत्युका कारण चिन्तित छ र उसले केन्द्र सरकारलाई मृत्युको अनुसन्धान गर्न दबाब दिएको हो अनि त्यसक्रममा रिया चक्रवर्तीलाई पनि घिसारेको हो । रियालाई कंग्रेसका नेता अधीर रञ्जन चौधरीले समर्थन गर्दै रिया बंगाली ब्राह्मण भएकाले सताइएको भनी संसदमै भने । 

क्षेत्रीहरू राष्ट्रिय स्वयंसेवक संघका कट्टर समर्थक हुन् किनकि उक्त संगठनका एक मात्र क्षेत्री प्रमुख राजेन्द्र सिंह (राजु भैया) कै कार्यकालमा राम जन्मभूमिको विषय पुनः उठेको हो । आफ्नो सांगठनिक संरचनामा क्षेत्रीहरूलाई राष्ट्रिय स्वयंसेवक संघले बेवास्ता गर्न सक्दैन । उनीहरूले आफ्नो उपस्थिति जनाउन थालेका छन् । कंगनालाई चलचित्रमा मात्र नभई राजनीतिमा पनि अब विचार गर्नुपर्ने हुन्छ । 

क्षेत्रीहरू ऐतिहासिक रूपमा मांसभक्षी हुन् र राष्ट्रिय स्वयंसेवक संघको खाद्य संस्कृतिमा अनुकूल हुनका लागि उनीहरू शाकाहारी बन्दैछन् । अहिले कंगना शाकाहारी बनेको बताइएको छ जबकि फिल्मी संस्कृतिमा ब्राह्मण र बनियाहरू मांसाहारी बनेका छन् । 

सुशान्त सिंह राजपुतको असामयिक निधन र कंगना रनावतको संघर्षशील छविले दक्षिणपन्थी मिडियालाई क्षेत्री समुदायप्रति बढी ध्यान दिन बाध्य पारेको छ । उत्तर प्रदेशमा ब्राह्मणहरूले समाजवादी पार्टी तथा बहुजन समाज पार्टीको समर्थनमा परशुरामलाई प्रवर्द्धन गरिरहेका छन् । तर अहिले कंगना हावी भएकी छन् । 

योगी आदित्यनाथले क्षेत्री समुदायलाई अन्य भन्दा बढी नै संगठित बनाएका छन् । कंगनाको उदयलाई बलिउड उद्योग तथा द्विज खेमामा रहेका समुदायमाथि क्षेत्रीले दिएको चुनौतीका रूपमा पनि हेर्नुपर्छ ।

द वायरमा प्रकाशित कान्चा इलाइयाह शेफर्डको विश्लेषण
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x