एभरेष्ट बैंकका ग्राहकहरूले होटल एलफ्टमा १५ % छुट पाउने

एभरेष्ट बैंक लि। ले होटल एलफ्ट ठमेल सँग आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्नको लागि सहकार्य गरेको छ । 

होटल एलफ्ट  एक पाँच तारे होटल हो जुन आफ्नो होटलको सुन्दर इन्टेरियर डिजाईनका साथै आफ्नो समृद्ध इतिहासको लागि प्रख्यात रहेको छ ।


Advertisement

यस सहकार्य अन्तर्गत एभरेष्ट बैंकका ग्राहकहरुल फूड, बेभरेज र बेकरी शपमा होटेलले तोकेको स्ट्याण्डर्ड मूल्यमा १५५ छुट पाउनेछन् । 

हालको महामारीको स्थितिका कारण यो अफर टेकअवे सेवामा मात्र उपलब्ध रहेको छ र अवस्था सहज भए लगत्तै यो अफर होटेल सेवामा पनि उपलब्ध हुनेछ ।


Advertisement

यस सम्झौता अन्तर्गत एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एटीएम वा क्रेडिट कार्ड देखाएमा यो छुट पाउनेछन् ।   
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्