कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाले पद्धति र प्रणालीमा आधारित सक्षम सङ्गठनका रुपमा स्थापित गर्दै लैजान उद्देश्यले यस वर्षको नेतृत्व सम्वाद कार्यक्रम शुरु गरेको छ ।
कार्यक्रममा प्रधानसेनापतिको प्रत्यक्ष कमाण्डमा रहेका कार्यालय, विभाग, निर्देशनालय, आठवटै पृतनाका पृतनापति एवं प्रधानसेनापति कार्यालयका स्टाफ सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
देश र जनता, सङ्गठन, मातहतका फौज र आफ्नो कर्तव्यप्रति जिम्मेवार बनाउने हेतुले २०७५ सालदेखि सेनाले यो कार्यक्रम शुरु गरेको हो । यो सम्वादमा सहभागीले मातहतका अधिकृत, पदिक तथा अन्य दर्जासँग तहगत र क्रमिक रुपमा मुलुकभर नै आगामी चैत्रभित्र सम्पन्न हुने गरी सञ्चालन हुनेछ ।
विगतमा कमाण्डर, स्टाफ र फौजबीचमा प्रत्यक्ष सम्वाद गरिंदै आएकामा यसवर्ष भने कोभिड–१९ सङ्क्रमणको ख्यालगरी भर्चुअलमार्फत सञ्चालन कार्यक्रम भएको छ । ‘सिपाहीको योगदान ः राष्ट्र र राष्ट्रवासीको उत्थान’ मूल सन्देशसहित आयोजित सो कार्यक्रमको प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज शुभारम्भ गर्नु भएको हो ।
यस वर्ष ‘सैनिक तालिम ः वृत्ति विकास र पदोन्नतिको लागि हो कि दक्षता र क्षमता अभिवृद्धिको लागि’ ‘योगदान र प्रतिफल ः कुन बढी महत्वपूर्ण–मैले नेपाली सेनालाई के दिएँ कि नेपाली सेनाले मलाई के दियो’ तथा ‘व्यक्तिगत र व्यावसायिक सम्बन्धः कर्तव्य परायणता र वफादारिता संस्थाप्रति कि व्यक्तिप्रति’ विषयमा नेतृत्व संवाद कार्यक्रम सञ्चालन हुनेछ ।
सेनामा विद्यमान विभिन्न अभ्यास र प्रवृत्ति सम्बन्धमा सबै तहमा खुला छलफल गरी सङ्गठनहित विपरीतका गतिविधि हटाउँदै नेतृत्वलगायत सकल दर्जामा सैनिक आचरण, अनुशासन, मूल्यमान्यता र नैतिकतामा थप विकास गर्ने लक्ष्यले यो कार्यक्रम शुरु गरिएको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । अनुशासित, क्षमतावान, चरित्रवान एवं निष्ठावान सैनिक व्यक्ति, स्थायी र गतिशील पद्धति र प्रणालीमार्फत् सेनालाई भरपर्दो, विश्वसनीय साथै सक्षम सङ्गठन निर्माणमा यस कार्यक्रमले दिशानिर्देश गर्ने विश्वास लिएको सेनाले जनाएको छ ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...