कात्तिक २३, २०७८
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको सरकारी टोली आइतबारदेखि हिल्सा–लाप्चा क्षेत्रमा नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर स्तम्भ खोज्न तल्लीन थियो । बुधबार जिल्लाकै एक सरकारी कर्मचारीले फेसबुक स्टाटसमा कमेन्ट लेखे, ‘११ नम्बरको पिल्लर मानेप्यामेको टुप्पोमा छ हजुर १’
लामो समय जिल्ला प्रशासन कार्यालयमा काम गरेका ती कर्मचारीलाई त्यही कार्यालयबाट चार वर्षअघि सेवानिवृत्त भएका खरिदार कलबहादुर शाहीले सीमास्तम्भबारे जानकारी दिएका थिए । कान्तिपुरको टेलिफोन सम्पर्कमा आएका ती सेवानिवृत्त खरिदारले भने, ‘पिल्लर हराएको होइन, बरु अप्ठेरो ठाउँमा भएकाले जान नसकेका हुन् । मैले त धेरै पटक त्यहाँ गएर फोटोसमेत खिचेको छु ।’ पछिल्लो समय सरकारी कर्मचारीले नै सीमास्तम्भ हराएको गलत हल्ला फैलाएको उनले बताए ।
११ नम्बर सीमास्तम्भ हराएको चर्चा भने उनी जागिरमै हुँदा चलेको थियो । ०७२ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले सीमा बैठकमा स्तम्भ हराएको एजेन्डा राखेका थिए । अहिले प्रश्न उठ्न थालेको छ– जिल्ला प्रशासन कार्यालयकै कर्मचारीलाई सीमास्तम्भ कहाँ छ भन्ने थाहा रहेछ भने हराएको हल्ला कहाँबाट फिँजाइयो ?
सीमास्तम्भ बुधबार जुन स्थानमा जस्तो अवस्थामा भेटियो यसले पनि सीमाजस्तो गम्भीर विषयमा कति हल्का टिप्पणी हुन्छ भन्ने देखाएको छ । अर्कोतिर राज्यको बेवास्ताको हद पनि उदांगो पारेको छ । हुम्लाबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही सीमास्तम्भ हराएको विषयलाई ‘कसैले बनाएको कथा’ बताउँछन् । ‘त्यहाँ कोही नजाने, पिल्लर हरायो भन्दै हल्ला मात्र गर्ने काम भयो,’ उनी भन्छन्, ‘पिल्लर त जहाँको तहीं जस्ताको तस्तै रहेछ । कहाँबाट फिँजाइयो हल्ला, त्यसको खोजी गर्नुपर्छ ।’
०१९ सालमा गरिएको नेपाल–चीन सीमांकनमा हुम्लामा १० सीमास्तम्भ गाडिएका थिए । ११ नम्बर स्तम्भ नाम्खा गाउँपालिका वडा नं. ६ मा पर्ने टाकुले (मानेप्यामे) डाँडामा छ । त्यहाँ सीमास्तम्भ छ भन्नेबारे कतिपय सरकारी कर्मचारीलाई मात्र होइन, स्थानीय बासिन्दालाई समेत थाहा थियो ।
बिहान ४ बजे स्तम्भ खोज्न हिँड्दा लाप्चाको ललुङजोङ क्षेत्रबाट आइतबार फर्केपछि प्रजिअको टोली अन्य सीमास्तम्भ निरीक्षण गर्दै हिल्सा पुग्यो । टोलीमा सामेल सैनिकले नक्साका साथै जीपीएससमेत बोकेका थिए । टोलीका एक सदस्यका अनुसार जीपीएसले देखाएको संकेतका आधारमा बुधबार बिहान ४ बजे नेपाली सेनाका मेजर प्रज्ञा बस्नेतको कमान्डमा टोली हिल्सादेखि माथि उकालो चढ्यो । प्रमुख जिल्ला अधिकारीसहितका केही कर्मचारी र सुरक्षाकर्मी हिल्सामै बसे । बस्नेतको टोलीमा सशस्त्रका डीएसपी मोहन बिष्ट, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा राजबहादुर लामालगायत थिए । टोली बिहान ११ बजे टाकुरोमा पुग्यो । ‘जीपीएसले देखाएअनुसार उकालो चढ्दै जाँदा टाकुरोमा स्तम्भ देखियो,’ टोलीका ती सदस्यले भने, ‘वर्षौंदेखि हराएको चिज पाउँदा खुसीको सीमा रहेन, फोटो खिचेर तल झर्यौं ।’
११ नम्बर सीमास्तम्भ रहेको टाकुरो समुद्री सतहदेखि ५ हजार २ सय ७५ मिटर उचाइमा छ । हिल्सा भने ३ हजार ६ मिटर उचाइमा छ । हुम्लाका प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा राज्यले आफ्नो सीमाबारे बेवास्ता गर्दा अनाहकमा सीमास्तम्भ हराएको हल्ला फैलिएको बताउँछन् । ‘केन्द्रबाट मान्छे आएर पिल्लर ठोकेर जान्छन्, फेरि हरायो भनेर हल्ला फिँजाइन्छ, स्थानीय जनतासँग सरोकार राखिँदैन,’ उनले भने, ‘सीमास्तम्भ होइन, बरु हामी आफैं हराएका त होइनौं भन्ने प्रश्न उब्जिएको छ ।’ सीमाबारे स्थानीय बासिन्दालाई जानकारी दिने गरिएको भए यस्तो अवस्था नआउने उनले बताए । सीमाविद् बुद्धिनारायण श्रेष्ठ पनि विगतमा हचुवाको भरमा सीमास्तम्भ खोज्दा आवश्यकताभन्दा बढी हल्ला फैलिएको बताउँछन् । जीपीएसको तथ्यांकबाट सीमारेखा र सीमास्तम्भ सहजै देखिने उनले बताए । ‘नक्साअनुसार खोजेको भए यो पिल्लर पहिल्यै देखिन्थ्यो होला,’ उनले भने, ‘अनुगमनमा गएजस्तो गरेर हिँड्दा कसरी भेटिनु ?’
स्थलगत अध्ययनमा गएको प्रजिअ नेतृत्वको टोली बिहीबार राति नै सिमकोट पुगे पनि उनीहरू मौन बसेका छन् । प्रजिअ गिरीले दिनभर ‘अफिसियल’ मोबाइल फोन अफ गरेका थिए । जिल्लास्थित राजनीतिक दलहरूले उनलाई सर्वपक्षीय बैठक राखेर अध्ययनबारे जानकारी दिन माग गरेका छन् । प्रजिअ गिरीले भने ‘माथि सोधेर खबर गर्ने’ जवाफ दिएका थिए । ‘राष्ट्रिय सिमानाको मुद्दा भएकाले बैठकमा सबै जानकारी दिनुपर्छ भन्ने छैन, तर हुम्ली जनतालाई गुमराहमा राख्नु पनि हुँदैन,’ कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद शाहीले भने, ‘तर प्रजिअले माथिको रिपोर्ट प्रतीक्षा गरेजस्तो लागेको छ ।’
कहाँ छन् अन्य सीमास्तम्भ ?
सेवानिवृत्त खरिदार शाहीका अनुसार हुम्ला जिल्लामा १० वटा सीमास्तम्भ छन् । उनले सेवामा रहँदा पटक–पटक १० वटै स्तम्भमा पुगेको बताए । उनका अनुसार हुम्लाले ३ देखि १२ नम्बर सीमास्तम्भ हेर्ने गर्छ । ३ नम्बर सीमास्तम्भ यारीको ह्याङ्सी भन्ने स्थानमा छ । ४ नम्बर स्तम्भ किटगाउँको लेकमा, ५ नम्बर स्तम्भ किटगाउँको कुनामा र ६ नम्बर स्तम्भ किटगाउँको बगरमा छ । ७ नम्बर स्तम्भ किटगाउँ र हिल्सा साततेउरेको बीचमा छ । उक्त स्तम्भ बाढी–पहिरोले बगाइसकेको उनले जानकारी दिए । ८ नम्बर स्तम्भ हिल्साको कुनामा र ९ नम्बर स्तम्भ हिल्साको पुल नजिकै छ । १० नम्बर स्तम्भ शेरगाउँबाट लिमी जाने मूलबाटो नजिकै छ । मानेप्यामेको टुप्पोमा रहेको ११ नम्बर स्तम्भ सबैभन्दा अप्ठेरो स्थानमा रहेको उनले बताए । १२ नम्बर स्तम्भ लाप्चामा छ । अहिले भूमि मिचेर भवन बनाएको भनिएको स्थान १२ नम्बर पिल्लर नजिकै रहेको उनले बताए । कान्तिपुर दैनिकमा कलेन्द्र सेजुवालले खबर लेखेका छन् ।
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...