मंसिर १४, २०८०
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
शरीरलाई स्वस्थ एवम् तन्दुरुस्त राख्नका निम्ति खानपानमा विशेष ध्यान दिनुपर्छ। खानपानमा ध्यान नदिँदा धेरै नै हानी पर्दछ । हामीले दैनिक जीवनमा केकस्ता खानेकुरा सेवन गर्छौं, त्यसमा नै हाम्राे स्वास्ठ्य निर्भर हुन्छ ।
यहाँ स्वस्थ जीवनयापनका लागि आवश्यक पर्ने केही फलफूलबारे चर्चा गरिएको छ ।
ब्रोकाउली
यसमा बीटा क्यारोटीन र आइसोथियोसायनेट नामक पोषक तत्व पाइन्छ । यसकारण ब्रोकाउलीले क्यान्सर रोकथाममा सहयोग गर्दछ । यस्तै यसले एन्टीएजींगको प्रक्रियामा समेत सहयोग गर्दछ । त्यसकारण खानामा ब्रोकाउलीको प्रयोग गर्नु निकै नै लाभदायक हुन्छ ।
कागती
भिटामिन सी युक्त फलफूलले शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउने काम गर्छ । विभिन्न एलर्जीबाट बचाउनका लागि पनि भिटामिन सी युक्त फलफूल आवश्यक पर्छ । भिटामिन सी पाइने फलफूलहरुमा सुन्तला, निबुवा, कागती लगायत पर्दछन् । यीनीहरुमा कायोफ्लेवोनाइड र लाइमोनीन समेत पाइन्छ । एन्टीअक्सीडेन्ट्सको उपस्थितीका कारण यी फलफूलहरुले क्यान्सर उत्पन्न गर्ने तत्वसँग लड्ने क्षमता समेत प्रदान गर्छ ।
अनार
एनीमिया अर्थात शरीरमा रगतको कमी कमी हुँदा रगतमा हेमोग्लोबिनको मात्रा बढाउन अनार महत्वपूर्ण हुन्छ । यसको सेवनले छाला समेत स्वस्थ रहन्छ । यसमा पाइने सुक्ष्म पोषक तत्वले शरीरको भित्री अंग समेत बलियो बनाउन सहयोग गर्छ ।
गेडागुडी
बुढ्यौलीपनलाई हटाउनका निम्ति अंकुराएको गेडागुडी खानु लाभदायक हुन्छ । यसको सेवनले रोग प्रतिरोधक क्षमतामा वृद्धि हुन्छ । त्यस्तै, धेरै रोगहरुबाट बचाउन यसले सहयोग गर्छ । अंकुराउँदै गरेको गेडागुडीको सेवनले छाला समेत बलियो तथा कसिलो बनाउँछ ।
ग्रीन टी
ग्रीन टीमा एन्टी अक्सीडेन्ट्स तत्व हुन्छ । यसले स्वास्थ्यलाई स्वस्थ रहन मद्दत गर्छ । यसले शरीरको तौल घटाउने, कपाल झर्नबाट रोक्ने जस्ता काम गर्छ । यसको सेवनबाट रगतमा चिनीको मात्रा कम गर्न मदत गर्छ । यसको सेवनबाट कोलेस्ट्रोलको समेत सन्तुलन गर्दछ । यसले रक्त चापलाई समेत नियन्त्रणमा राख्न मद्दत गर्छ ।
जौ
जौमा पर्याप्त मात्रामा फाइबर पाइन्छ । यसकारण मानिसमा कब्जियतको समस्या हटाउनका लागि यो अत्यन्तै लाभदायक हुन्छ । साथै यसले पाचन प्रणाली समेत सक्रिय बनाउँछ । यसमा बीटाग्लूकेन्स हुने हुनाले कोलेस्ट्रोलको मात्रा घटाउनका लागि पनि यो महत्वपूर्ण हुन्छ ।
लसुन
लसुनको सेवनले शरीरमा रोग प्रतिरोधक क्षमता बढ्छ । यस कारण यसले शरीरलाई धेरै रोग लाग्नबाट बचाउँछ । यसको सेवनबाट उच्च रक्तचापको नियन्त्रण गर्न समेत सहयोग मिल्छ । साथै एन्टीएजिंग प्रक्रियामा समेत यो महत्वपूर्ण हुन्छ ।
ओखर तथा बदाम
यसको सेवनले स्थास्थ्य तन्दुरुस्त हुनुका साथै सुन्दरतामा पनि वृद्धि गर्छ । यसमा हुने भिटामिन ई टोकोफेरलको रुपमा पाइन्छ, जुन मुटुका लागि अत्यन्तै लाभकर हुन्छ । यस्तै, बदामको सेवनले पनि मस्तिस्कको क्षमता बढाउन मद्दत गर्छ । आँखाको प्रकाश बढाउनका लागि पनि यो निकै लाभकर हुन्छ । बदाममा भिटामिन बी, भिटामिन ई, पाइन्छ ।
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...